शैक्षिक योग्यता नै नक्कली भएको आरोपमा लमजुङबाट अर्का डाक्टर पक्राउ

doctor

लमजुङ ८ असार – नक्कली प्रमाणपत्र पेश गरी चिकित्साशास्त्र अध्ययन गरेको आरोपमा प्रहरीले मंगलबार लमजुङबाट एक डाक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राइनास–३, धमिलिकुवा गरमबेसीस्थित सहोदर अस्पताल प्रालिका सञ्चालक ३८ वर्षीय शिवराम श्रीमल हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक कमल बहादुर रजौरेले पक्राउ पूर्जी देखाएपछि शिवराम सहजै प्रहरीसँगै आएको र उनलाई काठमाडौं पठाइएको बताए ।

शिवरामले बीर अस्पतालबाट एमडी, काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस र भारत बिहारको जेपीएल कलेजबाट आईएस्सी उत्तिर्ण गरेको बताएको निरीक्षक रजौरेले जानकारी दिए ।

सीआइबीले उनको आइएस्सीको प्रमाणपत्र नक्कली हुनसक्ने भन्दै थप अनुसन्धानका लागि पक्राउ गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *