बिहार इन्टर मिडियट बोर्डबाट प्लस टू गरेका १४० जना डाक्टरको प्रमाणपत्र नक्कली !

doctor clip

काठमाडौँ, ५ असार – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीले भारतको विहार इन्टरमिडियट बोर्डबाट प्रविणता प्रमाणपत्र उत्तीर्ण गरि एमबीबीएस अध्ययन पुरा गरेका करिब ९ सय  डाक्टरको प्रमाणपत्र छानवीन गरेको छ । उच्चस्रोतका अनुसार ती मध्ये करिब १४० जनाको प्रमाणपत्र नक्कली भेटिएको छ ।

सीआईबीले गत छ महिना देखी नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्संग समन्वय गरी चिकित्सकको प्रमाणपत्र छानवीन सुरु गरेको हो । तर अहिलेसम्म सो केशमा मात्रै तीन दर्जन चिकित्सक पक्राउ परेका छन् । ती मध्ये कतिपयमाथि मुद्धा चलाइएको छ भने कतिपय माथि चलाउने प्रक्रियामा छ ।

सीआईबीले काउन्सिल र परिषद्को सहयोगमा सुरु गरेको अप्रेसन क्वाकले गत फागुनमा एकैपटक दर्जन बढी नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ गरि सार्वजनिक गरेपछि नक्कली शैक्षिक योग्यताको विषय सतहमा आएको हो । यद्धपी अहिलेको छानवीन विहार इन्टरमिडियट बोर्डमा मात्रै केन्द्रीत छ ।

अनुसन्धानटोलीका एक सदस्य भन्छन् , ‘अहिलेसम्म विहार बोर्ड बाहेक अन्यत्रको बोर्डमा हामी प्रवेश नै गरेका छैनौँ, हामी प्रवेश गरेको अवस्थामा नक्कली प्रमाणपत्रको संख्या धेरै ठूलो हुनेछ ।’ उनले छानवीनलाई विस्तार गर्ने योजनामै आफू रहेको बताए ।

अन्य बोर्ड एसएलसी र एमबीबीएसको पनि छानवीन गर्ने

विहार बोर्डको अनुसन्धान नतिजाले टोली सदस्यहरु थप हौसिएका छन् । उनीहरुले अव दोस्रो चरणमा इन्टरमिडियट तहको प्रमाणपत्र प्रदान गर्ने अन्य बोर्डहरुको समेत छानवीन गर्ने बताएका छन् ।

उनीहरुले त्यसलगत्तै नेपाल तथा भारतबाट पास गरेको एसएलसीको प्रमाणपत्र छानवीन गर्ने भनेका छन् । त्यसपछि तेस्रो चरणमा एमबीबीएसकै प्रमाणपत्रको छानवीन गर्ने बताएका छन् ।

एमबीबीएस नक्कली प्रमाणपत्र छ भन्ने उजुरी पर्न थालिसक्यो अव त्यो पनि छानवीन हुन्छ । नेपाली हेल्थसंग ति सदस्यले जानकारी दिए ।

चिकित्सक संघको आपत्ती

नक्कली प्रमाणपत्रको आरोपमा धमाधम डाक्टर पक्राउ पर्न थालेपछि नेपाल चिकित्सक संघले आपत्ती जनाएको छ । संघले नक्कलीको आरोपमा पक्राउ गरिने शैली प्रति समेत असन्तोष जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “बिहार इन्टर मिडियट बोर्डबाट प्लस टू गरेका १४० जना डाक्टरको प्रमाणपत्र नक्कली !

  1. Cib lai kaaam garna deunna ho…ramro kaam gareko herera dhabyabaad dinu ta kaha ho kaha ultai apati re…tukka yesto ta chikitsa sanga…nakalai haina raixa vanne chodihalcha ne….asar ma dhaan ne roopna khojne ani hilo ne nalagoos vaane…haiit!

Leave a Reply

Your email address will not be published. Required fields are marked *