कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा पाठेघरको नि:शुल्क शल्यक्रिया

KASH teaching hospital jumla

जुम्ला, ५ असार –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाद्वारा यहाँका २१ महिलाको पाठेघरको निःशुल्क शल्यक्रिया गरिएको छ ।

प्रतिष्ठानले आफ्नै पहलमा एक महिनादेखि निःशुल्क पाठेघरको शल्यक्रिया गर्दै आएको छ । ३०/३२ जनाको शल्यक्रिया गर्ने लक्ष्य राखेकामा २१ महिलाको पाठेघरको शल्यक्रिया गरिएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. निरेश थापा मगरले जानकारी दिए ।

हामीले यसअघि जिल्लाका हाडसिंजा, जुम्लाकोट, छुमचौर र प्रतिष्ठानमै शिविर सञ्चालन गरेका थियौँ, त्यहाँ सबैभन्दा बढी आङ खस्ने समस्या भएका महिला बिरामी भेटिए । सरकारको सहयोगमा उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएका हौँ, उनले भने ।

मेडिकल डाइरेक्टर डा. थापा मगरका अनुसार लक्ष्य राखेजति आङ खस्ने समस्या भएका महिला बिरामी आएका छैनन् । यसो हुनुको कारण लाज मान्ने संस्कार अहिले पनि जीवित रहेको उनको भनाइ छ ।

कर्णालीका महिलामा आङ खस्ने समस्या देखिनुको मूल कारण कम उमेरमा विवाह गर्नु, पोषणयुक्त खाना नखानु, सुत्केरी अवस्थामा उचित स्याहार नहुनु, बच्चा धेरै जन्माउनु, कामको भार बढ्नु र अस्पतालमा बच्चा नजन्माउनु रहेको उनले बताए ।। यो निःशुल्क सेवा चालु आवको मसान्तसम्म दिइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यहाँको नागरिकको चेतनास्तर, आर्थिक तथा सामाजिक अवस्था र भूगोललाई मध्यनजर गरी बेलाबेलामा गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विगतमा सिटामोल, एमजिट ब्रान्डका औषधि पाउन नसक्ने गाउँमा अहिले विशेषज्ञ स्वास्थ्य सेवा सजिलै पाउन थालेपछि स्थानीय नागरिक निकै खुशी भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *