टन्सिल भएमा के गर्ने ? अपनाउनुहोस् यी घरेलु उपाय

- नेपाली हेल्थ

tunsil

बदलिदो मौसमसंगै शरीरमा बिभिन्न प्रकारका रोगले आक्रमण गर्न सक्छ । जसले गर्दा शरीरमा समस्या उत्पन्न भई दैनिक कार्य संचालनमा बाधा निम्त्याउँछ । र समय अनुसार टन्सिल पनि एक रोगका रुपमा उत्पन्न हुन्छ ।

यो प्राय केटाकेटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ । टन्सिल हुँदा घाँटी दुख्ने , थुक निल्दा वा खाना खाँदा अफ्ठयारो हुने , ज्वरो आउने जस्ता समस्या उत्पन्न हुन्छन् ।

यसका लागि अपनाउनुहोस् यी उपाय :

टन्सिल भएमा तातो पानीको नियमित सेवन गर्नु पर्छ । यसका साथै तातो पानीमा प्याजको रस मिलाएर घाँटीमा कुल्ला गरेमा आराम मिल्नुका साथै यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्याजलाई पिसेर जुस निकालेर एक कप मनतातो पानीमा मिलाएर घाँटीमा गार्गेलिङ गर्ने गर्नु पर्छ । यो दिनमा २ देखि ३ पटकसम्म गर्नु जरुरी हुन्छ । टन्सिलकका लागि यो एक घरेलु औषधि नै हो ।

यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । जसले गलामा आराम मिल्छ ।
अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा  आराम मिल्छ ।

यसका साथै आराम गर्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिजको वा अन्य कुनैपनि चिसो चिजको सेवन नगर्नु र चिसो बाट बच्नुका साथै चिल्लो खानेकुराको सेवनबाट टाढै रहुनु पर्छ ।

थप समाचार


Facebook Comment