नक्कलीको आरोपमा बीरगञ्ज र विराटनगरबाट १२ जना डाक्टर पक्राउ

 सिआइवीको टोलीले नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र रहेको अभियोगमा वीरगन्जबाट पक्राउ परेका नौं जना चिकित्सकलाई काठमाण्डौ लैजाने तयारी गर्दै । तस्बिर : विजय कुमार महतो, रासस, पर्सा

सिआइवीको टोलीले नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्र रहेको अभियोगमा वीरगन्जबाट पक्राउ परेका नौं जना चिकित्सकलाई काठमाण्डौ लैजाने तयारी गर्दै । तस्बिर : विजय कुमार महतो, रासस, पर्सा

काठमाडौँ ३ असार –  शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा बीरगञ्जबाट पाँच जना विशेषज्ञ सहित नौं जना डाक्टर पक्राउ परेका छन् । सोही आरोपमा विराटनगरबाट तीन  जना पक्राउ परेका छन् ।

काठमाडौँबाट गएको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा बीरगञ्जबाट डा. दिनेश साह, डा. सरोज सिंह, डा. अरुणकुमार गुप्ता, डा. पन्नालाल पटेल, डा. मोहमद रहतुल्ला,  डा. इशार्दुदल हक, डा. निमिष रमण पाल रहेका छन् । एक जनाको भने अझै नाम खुलेको छैन् । उता विराटनगरबाट पक्राउ पर्नेको पनि नाम थाह हुन सकेको छैन् ।

पक्राउ परेका मध्ये डा साह र डा सिंह अर्थोपेडिक्स तथा डा गुप्ता बाथरोग, डा पटेल र रहतुल्लाह बालरोग विशेषज्ञ हुन् । स्रोतका अनुसार पक्राउ पर्ने मध्ये तीन जना नेशनल मेडिकल कलेज र तीन जना नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत सरकारी चिकित्सक हुन् । बाँकी विभिन्न निजी अस्पतालमा कार्यरत छन् ।

नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद्संग मिलेर सीआइबीले चिकित्सकको प्रमाणपत्र छानवीन गर्ने अप्रेसन क्वाक सञ्चालन गरेको छ । उच्चस्रोतका अनुसार हालसम्म संकास्पद ९ सय जनाको प्रमाणपत्र खिचेर अनुसन्धान गर्दा एक सय बढी नक्कली प्रमाणपत्रधारी डाक्टर फेला परेका छन् । सोही अन्तरगर्त शुक्रबार केही डाक्टर पक्राउ परेका हुन् ।

सीआइबीले यसअघि पनि नक्कली प्रमाणपत्र भएको आरोपमा पटक पटक गरी डेढ दर्जन बढी डाक्टर पक्राउ गरि मुद्धा चलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *