एकीकृत जनस्वास्थ्य अभियानमा दुई हजारको स्वास्थ्य परीक्षण

jumla hospitalजुम्ला, ३ असार –  जिल्ला स्वास्थ्य कार्यालय जुम्लाद्वारा सञ्चालित एकीकृत जनस्वास्थ्य अभियानमा दुई हजार बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालयले दुई सातासम्म गाउँस्तरको एकीकृत जनस्वास्थ्य अभियान जुम्लाका मालिकाठाँटा, कालिकाखेतु, छुमचौर र पाण्डवगुफा गाविसमा सञ्चालन गरेको थियो ।

अभियानअन्तर्गत हाडजोर्नी, पाठेघर, दाँतलगायत अन्य जनरलतर्फ विशेषज्ञ सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका स्वास्थ्य सहायक किरण शर्माले जानकारी दिए ।

हेल्थ असिस्टेन्ट शर्माले अभियानमा हाडजोर्नी विशेषज्ञ डा द्वय पूजन रोकाय र मङ्गल रावल, स्त्रीरोग विशेषज्ञ डा राजीव शाह, दन्तरोग विशेष डा सोनी बस्नेत, मेडिकल अधिकृत कमलप्रसाद आचार्य, डा सन्दीप महतले सेवा दिएका थिए ।

यो अभियानबाट छुमचौरमा सात सय, जुम्लाकोटमा ५००, कालिकाखेतुमा २५० र पाण्डप गुफामा ५५० जनाले सेवा लिएको उनको भनाइ छ ।

अभियान सञ्चालित स्थानमा सेवा लिन आउने बिरामीलाई निःशुल्क सेवा दिइएको बताइएको छ । स्वास्थ्य सहायक शर्माका अनुसार यस अभियानमा बढीजसो पाठेघर समस्या भएका बिरामी भेटिएको र उनीहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सिफारिस गरी उपचारको क्रम अघि बढेको छ ।

यता मालिकाठाँटा गाविसवासी ५७ वर्षीय दले रावतले घरआँगन अगाडि विशेषज्ञ सेवा लिन पाउँदा निकै खुसी लागेको बताए ।

जेठ १८ गतेदेखि ३२ गतेसम्म सञ्चालन भएको यो अभियान प्राथमिक स्वास्थ्य सेवा तथा पुनर्जागरण महाशाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार सम्पन्न गरिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।    – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *