कफिले क्यान्सरबाट बचाउँछ : विश्व स्वास्थ्य संगठन

 coffee

विश्व श्वास्थ्य संगठनले अनुसन्धानमा लगाएको खारिएका बिशेषज्ञको प्यानलले बुधबार बिज्ञप्ति निकाल्दै कफिको नियमित सेवनले कम्तिमा दुई प्रकारको क्यान्सरबाट जोगाउने निचोड निकालेको हो । निचोडमा कफिले अन्य प्रकारको क्यान्सर गराउने प्रमाण पनि नरहेको जनाएको छ ।

सन् १९९१ को अध्ययनले कफिलाई ब्लाडर क्यान्सर गराउन सक्ने तत्वको रुपमा लिएको थियो । त्यसपश्चातका अन्य थुप्रै अध्ययनहरुले कफिलाई मुटुरोग, टाएप टु, मधुमेह, न्यूरो समस्या तथा अन्य क्यान्सरबाट बचाउने जनाउँदै आएका थिए ।

अध्ययनकर्ताहरुले यसैबिच धेरै तातो चिया अथवा कफि पिउनाले भने हानी गर्ने पत्ता लगाए । धेरै तातो चिया कफि ओसोफेगस (खाना नली) को क्यान्सरसंग जोडिएको छ ।

ल्यान्सेट अङकोलोजी मा बुधवार प्रकाशित रिपोर्टमा बिश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय खोज एजेन्सीले २३ जना बिज्ञहरुद्धारा एक हजार भन्दा बढी अध्ययनको पुनारावलोकन गरी सो निचोडमा पुगेको जनाएको छ ।

एजेन्सीका अनुसार कफि पिउनाले स्तन, प्रोस्टेट, प्याङक्रियाटिक क्यान्सर हुन नदिने र यूटेराइन तथा लिभर क्यान्सरको संभावनालाई पनि कम गर्ने बताएको छ ।

‘२० प्रकारका अन्य क्यान्सरहरुसंग भने कफिको सम्बन्धको प्रमाण भेटिएको छैन ।’ अनुसन्धान एजेन्सीका प्रमुख डाना लुनिस बताउँछिन् ।

डा. लुनिस भन्छिन् ‘दशकौं अगाडिका अध्ययनहरुले कफिलाई कार्सिनोजिन तत्वको रुपमा लिदै आएका थिए । यी अध्ययनहरुमा कफि सेवन गर्ने समूहमा हुने धूमपानको सेवनलाई वास्ता गर्ने गरेको थिएन । तर अहिले अध्ययनहरु गुणस्तरीय बनेका छन् ।’

संसारभर दैनिक १.६ बिलियन कप प्रति दिन सेवन गरिन्छ । यी सबै समुदायले यो अनुसन्धान र कफिलाई स्वागत गर्ने देखिन्छ ।

एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *