के भएको हो रत्नलाई ? क्लोनोस्कोपी गरियो, रिपोर्ट आयो तर अत्यन्तै गोप्य राखियो

ratna

काठमाडौँ, २ असार – पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको पेटसम्वन्धी सम्पूर्ण भागको विशेष जाँच कोलोनोस्कोपी गरिएको छ । पेट दुख्ने पखला लाग्ने समस्या बढदै गएपछि ८८ बर्षीया रत्नालाई विहान ८ बजे थापाथलीस्थित नर्भिक हस्पिटल पुरयाइएको थियो ।

उपचारका लागि आमालाई लिएर पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल र बुहारी हिमानी विहान आफै नर्भिक पुगेका थिए । दिनभर नर्भिकमै विताएका पूर्वराजा शाह केही बेर अस्पतालबाट बाहिरिएका थिए । यद्धपी बेलुका ६ बजे पुन नर्भिकमा पुगिसकेका छन् ।

रत्नको जाँच बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा मधु घिमिरेको टोलीले गरेको छ । नर्भिक स्रोतका अनुसार दिनभर उनको दिशा पिसाव र रगत मात्रै होइन पेटको विभिन्न भागको विशेष जाँचका लागि गरिने क्लोनोस्कोपी समेत गरिएको छ । मलद्धारबाट दुरविन जडित यन्त्र भित्र घुसाई गरिने यो जाँच पद्धती प्राय पेटको ट्युमर, क्यान्सर जस्ता जटिल रोगको आशंकामा गर्ने गरिन्छ ।

अस्तपाल स्रोत भन्छ, ‘सामान्य पेटको समस्या भए सिग्माटोस्कोपी गरे हुने थियो तर कोलोनोस्कोपी नै गरिएको छ जटिल समस्याको संकेत पाएर गरिएको हुनुपर्छ ।

नर्भिकको डाइजेस्टीभ डिजिज सेन्टरको ग्यास्ट्रो आइसियुमा दिनभर सबै परीक्षण भएपछि अपरान्ह भिभिआइपी सुइटको ५०१ न बेडमा उनलाई भर्ना गरिएको छ । यद्धपी अहिले बेलुका ९ बजे डिस्चार्ज हुने तयारी छ । अहिले भर्ना भएको भिभिआइपी सुइटमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस समेत बसेर उपचार गरेका थिए ।

अस्पताल स्रोतका अनुसार रत्नको क्लोनोस्कोपीको रिपोर्ट समेत आइसकेको छ । तर यो रिपोर्टलाई अत्यन्तै गोप्य राखिएको छ । रत्न अहिले पनि नारायणहिटी परिषर भित्रकै महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *