खोप कार्यक्रमप्रति ग्रामिण महिला जागरुक

 
मोरङ, २ असार –   मोरङ, भातिगछ ६ की समिता रामवती दुुईवटा छोरालाई जापनिज इन्सेफलाइटिस विरुद्धको जेइखोप लगाउन खोपकेन्द्र पुगिन् । जेइखोपको सुुई भाइलाई लगाएको देखेर उनका पाँच वर्षका दाजु खोपकेन्द्रबाटै भागेर अगाडिको चउरमा पुुगे । एक वर्षको कान्छो छोरा काखमा च्यापेर रामवतीले जेठो छोरालाई जबर्जस्ती पक्रेर ल्याएर भए पनि खोप लगाइदिइन् ।

यसैगरी रङ्गेली–१ की दुुखनी देवीको दिनभरि मजदुुरी नगरी बिहान बेलुुकाको छाक टर्दैन । तर पनि खोप लगाउने दिन छोरीलाई खोप लगाएर मात्र मजदुुरी गर्न गइन् । विपन्न समुदायका निरक्षर महिला बच्चा जन्मने बित्तिकै बच्चा लिएर स्वास्थ्य केन्द्रमा खोप लगाउन पुुग्छन् । अरु कुरा थाहा नभए पनि छोराछोरी जन्मेपछि कुुन खोप कति दिनमा लगाउने भन्ने महिलालाई कण्ठै छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक स्वाथ्य केन्द्र तथा वडा वडामा सहज रुपले खोपको व्यवस्था गरेपछि आफ्ना छोराछोरीलाई खोप लगाउनुुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ ।

प्रायः सबै ग्रामीण महिला बालबालिकाको खोपका बारेमा स्वास्थ्य केन्द्रमा जानकारी लिन आउने गरेको भातिगछ स्वाथ्य चौकीका सिनियर अहेब रोहित साहको भनाइ छ ।

स्वास्थ्य स्वयम्सेविकाले घर घरमा गएर सल्लाह र सुुझाव दिन थालेपछि बिसिजी, डिपिटी, निमोनियाका सुुई पिसिजी, पोलियो इन्जेक्सन तथा दादुुरा रुवेला खोपको बारेमा गाउँका सबै महिलालाई जानकारी रहेको अहेब साहले बताइन् ।

सो गाविसमा ९५ प्रतिशत खोपको प्रगति रहेको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार जिल्लामा ०७२/७३ मा एक वर्ष मुनिका २४ हजार ८५ जना बालबालिकालाई खोप लगाएको तथ्याङ्क छ । तीन सय ३३ खोप केन्द्र रहेकामा बालबालिकालाई खोप लगाउन जनस्वास्थ्यले सात सय ३० जना स्वयम्सेविका परिचालन गरेको छ ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *