नवौँ तहमा बढुवा भएका मिश्रको निर्णय सच्याउन स्वास्थ्यले पठायो लोकसेवालाई पत्र

sarwanकाठमाडौँ, ३१ जेठ – योग्यता नपुगेको व्यक्तिलाई नवौँ तहमा फाइल बढुवा गर्ने निर्णय गरेको भन्दै स्वास्थ्य मन्त्रालयले निर्णय सच्याउन लोकसेवा आयोगलाई पत्र पठाएको छ । योग्यता नपुगेको भन्दै निर्णय सच्याउन लगाइएको व्यक्ति श्रवणकुमार मिश्र हुन् ।

आयोगले गत बुधबार मिश्रसहित तीन जनालाई मेडिकल ल्याव टेक्नोलोजी समूह, जनरल मेडिकल ल्याव टेक्नोलोजी उपसमूह अन्तरगत उपप्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्ट पद नवौँ तहमा ध्रुबकुमार खड्का, नारायणबहादुर कार्की र श्रवणकुमार मिश्रलाई बढुवा गर्ने निर्णय गरेको सूचना प्रकाशित गरेको थियो ।तर ती मध्ये मिश्रको बढुवा हुने योग्यता नभएको मन्त्रालयको दावी छ ।

स्वास्थ्य सेवा ऐनले नवौ तहमा फाइल बढुवा हुन्का लागि आठौँ तहमा कम्तीमा ८ बर्ष काम गरेको हुनुपर्ने उल्लेख छ । तर यदि अति दुर्गममा गएर एक बर्ष काम गरेको वा दुर्गममा गएर दुई बर्ष काम गरेको हो भने ५ बर्षमा नै बढुवाका लागि योग्यता बन्छ । तर मिश्रको आठौँ तहको सेवा अवधी ४ बर्ष ४ महिना २ दिन मात्रै रहेको र सो अवधीमा उनले काठमाडौँ नछाडेको मन्त्रालयको दावी छ ।

त्यसो त गत १८ चैतमा बसेको बढुवा समितिको बैठकले मिश्रको योग्यता नपुगेको भन्दै सिफारिस सूचीमै नराख्ने निर्णय गरेको थियो । तर गत २६ जेठमा प्रकाशित गरेको सूचनामा मिश्रको नाम तेस्रो नम्बरमा आएको छ ।

बढुवा समितिका एक सदस्य भन्छन् , ‘त्यतिवेला हामीले उनीलाई प्रतिस्पर्धामै नराख्ने निर्णय गरेका थियौँ । किनकी बढुवाका लागि निश्चित मापदण्ड हुन्छ जुन उनको पुगेकै थिएन । तर अहिले लोकसेवाले एक्कासी उनको नाम बढुवा सूचीमा निर्णय गरेर पठाएको छ । यसले लोक सेवा माथि नै शंका गर्ने ठाँउ रहेको छ’, नेपाली हेल्थसंग भने ।

मिश्रको बढुवा गैरकानूनी भएको भन्दै स्वास्थ्यका अन्य कर्मचारीहरुले आपत्ती जनाएपछि गत विहीबार निमित्त सचिव पदमबहादुर चन्दले लोकसेवालाई मिश्र योग्यता खुलाउदै निर्णय सच्याउन पत्र पठाएका छन् । त्यसको जवाफ लोकसेवाले दिएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *