झोलामा जिन्दगी : मुटुविना नै ५५५ दिन शहर घुमेका एक युवा

mutu bina1

प्राकिृतिक मुटुको सट्टा कोठाहरु र चार भल्वसहितको ‘सिङकार्डिया टेम्पोररी आर्टिफिसियल हार्ट’ नामक कृतिम मुटु लगाइयो । शरीरको बाँया भागबाट दुईवटा पाइप निकालियो र त्यसलाई १३ पाउन्डको ‘फ्रिडम ड्राइभर’ नामक उपकरणमा जडान गरियो ।
झोलामा बोकिएको ‘ड्राइभर’ले कृतिम मुटुलाई सञ्चालन गर्ने र उच्च चापको हावा भेन्ट्रीकलमा पठाई रगत शरीरमा पम्प गराउने काम गर्छ ।

अमेरिका –  मुटु प्रत्यारोपणको प्रतिक्षा रहेका मिचिगेनका २५ बर्षीय स्टान लार्किन ५५५ दिन मुटु बिनाको शरीर लिएर घुमे ।
स्टान हेर्दा सामान्य युवाजस्ता देखिन्थे । दिनहुँ आफ्ना तीन वटा कुकुरका छाउरालाई पार्कमा घुमाउन लैजान्थे र बाँकी समयमा आफ्ना भाई डोमिनिकसंग समय व्यथित गर्ने गर्थे ।

सधै झोला बोकेर हिँडने स्टानलाई झट््ट हेर्ने मानिसले सामान्य युवा बाहेक केही ठान्दैन् । तर उनी आफ्नो जिन्दगी आफ्नै झोलामा बोकेर हिडेका हुन्थे । हो उनी रगतलाई पम्प गराउने मेसिन अर्थात मुटुको काम गर्ने मेसिन झोलामा राखेर हिडेका हुन्थे । 

लार्किनको मुटु सन् २०१४को नोभेम्वरमा झिकिएको थियो । प्रत्यारोपणको लागि तर मुटु नपाउँदासम्म अस्पताल बसी राख्न नपरोस भनेर अस्पतालले स्टानलाई रगत पम्प गर्ने उपकरण दिएको थियो । गत मे महिनामा मात्रै उनका लागि मुटु पाइयो ।

युनिभर्सिटी अफ मिचिगन फाङकेल कार्डियोभास्कुलर सेन्टरमा उनको मुटुको सफल प्रत्यारोपण भयो । एक सातामा स्वास्थ्य सामान्य अवस्थामा आएपछि उनी अब अस्पतालबाट घर फर्किने तयारीमा छन् ।

‘धेरैजसो मानिसहरु कृतिम मुुटु उपकरण लिएर लामो समय व्यथित गर्न डराउने गर्दछन् तर मलाई त्यस्तो लाग्दैन् । म डरलाई जित्नुपर्छ भन्ने खालको सोच राख्छु डरलाई जितियो भने अरु कुरा त आफै ठिक हुन्छ ।’  लार्किन भन्छन् ।

‘यूएस अर्गान प्रोक्यूरमेन्ट एण्ड ट्रान्सप्लान्ट नेटवर्क’का अनुसार अमेरिकामा सधैजसो ४ हजार जना मुटुरोगी मुटुफेल भएर प्रत्यारोपणको प्रतिक्षामा रहेका हुन्छन् ।आफ्नो लागि मिल्ने मुटु पाउन विरामी हप्ता देखि बर्षौँ कुर्नुपर्ने हुन्छ ।

९ बर्ष अघिसम्म लार्किनको मुटुमा सामान्य समस्या छ भनने थाह थिएन् । बास्केटवल खेल्ने क्रममा बेहोस भई लडेपछि तत्काल अस्पताल पुरयाईयो र मात्रै थाह भयो उनको मुटुमा समस्या रहेछ ।

चिकित्सकहरुले त्यतिवेला लार्किनका फ्यामिलियन कार्डियोमायोप्याथी नामक बंशाणुगत मुटुको समस्या भएको पत्ता लगाएका थिए । पछि उनका भाई डोमिनिकमा पनि यो समस्या भएको पत्ता लाग्यो ।

फ्यामिलियन कार्डियोमायोप्याथीबाट ग्रस्त दुबै दाजुभाईको मुटु नफेरी नहुने देखियो तर भाईले ६ सातामै आफ्नो लागि मिल्ने मुटु पाए तर दाई लार्किनले आफ्नो लागि मिल्ने मुटुपाउन ५५५ दिन गुजारे ।

लार्किन भन्छन्, जव डाक्टरले म मुटुविना एक मेसिनको सहयोगमा बाच्नुपर्ने कुरा गरे म अचम्मित र दुखी भएँ तर पछि गएर सामान्य मुटुजस्तै लाग्न थाल्यो ।

लार्किनको प्राकिृतिक मुटुको सट्टा कोठाहरु र चार भल्वसहितको ‘सिङकार्डिया टेम्पोररी आर्टिफिसियल हार्ट’ नामक कृतिम मुटु लगाइयो । स्टानको शरीरको बाँया भागबाट दुईवटा पाइप निकालियो र त्यसलाई १३ पाउन्डको फ्रिडम ड्राइभर नामक उपकरणमा जडान गरियो । झोलामा बोकिएको ड्राइभरले कृतिम मुटुलाई सञ्चालन गर्ने र उच्च चापको हावा भेन्ट्रीकलमा पठाई रगत शरीरमा पम्प गराउने काम गर्छ । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *