१ सय जना स्टाफ नर्स सहित विभिन्न १२१ प्राविधिक पदमा स्थायी जागिरको अवसर

  • फारम भर्ने म्याद एक साता बाँकी
  • - नेपाली हेल्थ

    काठमाडौँ २९ जेठ – त्रिवि सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगत विभिन्न प्राविधिक पदहरुमा खुल्ला समावेशी प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्न भन्दै एक महिना अघि दरखास्त आवहान गर्दै सूचना निकालेको थियो ।

    सो सूचना अनुसार १ सय जना स्टाफनर्स, मुख्य प्राविधिक सहायक ( प्थालोजोजी) १२ जना, मुख्य प्राविधिक सहायक ( रेडियोलोजी) ५ जना खोजिएको छ ।

    त्यस्तै मुख्य प्राविधिक सहायक ( फार्मेसी) र प्राविधिक सहायक ( अक्सिजन प्लान्ट)का लागि पनि दुई दुई कोटा रहेको भन्दै दरखास्त मागिएको छ । सूचना अनुसार फारम भर्ने अन्तिम मिति आगामी ५ असार सम्म र दोव्बर दस्तुर तिरी १२ असार सम्म भर्न सकिने त्रिविले जनाएको छ ।

    तपाईँले भर्नु भएको छैन् भने अझै पनि एक साता समय छ , प्रयास गर्नुहोला ।

    फारम भर्न के के चाहिन्छ तलको सूचना हेर्नुहोला

    tu1

    tu2

    tu3

    tu4

    स्वास्थ्य सम्वन्धी विविध सूचना र जानकारीका लागि लाइक गर्नुस हाम्रो फेसबुक पेज


    Facebook Comment


    थप समाचार