स्वास्थ्य बीमा : गरीव परिवारले तिरेको प्रिमियम डेढ महिना पछि फिर्ता हुने

mohp

काठमाडौँ, २८ जेठ – सरकारले अति विपन्न परिबारका सदस्यहरुले तिरेको प्रिमियम बापतको रकम अबको डेढ महिना पछि फिर्ता गर्ने भएको छ । गरिबी निबारण मन्त्रालयले अति विपन्न, विपन्न तथा सिमान्तकृत समुदायको परिचय पत्र उपलव्ध गराएपछि अहिले तिरेको प्रिमियम फिर्ता हुने भएको हो ।

बीमा सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले गरिबी निवारण मन्त्रालयले अति गरीब, गरीब तथा जोखिममा परेका परिबारको लागि परिचय पत्र वितरण गर्ने तयारी गरेको भन्दै सो परिचय पत्र पछि नियम अनुसार छुट पाउने बताएको छ ।

बीमाका लागि अति गरिब परिबारको सत प्रतिशत प्रिमियम सरकारले बुझाउने व्यवस्था छ । त्यस्तै गरीव परिबारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिबारको लागि ५० प्रतिशत प्रिमियम सरकारले सहयोग गर्ने छ ।

समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले विपन्नका लागि परिचय पत्र वितरण हुँनासाथ विपन्न तथा गरीबहरुले पाउने सुविधाको कार्यान्वनय हुने बताए ।

उनले अहिले भने सबै समुदायलाई प्रतिपरिबार पाँच जनाको २ हजार ५ सयको दरले प्रिमियम उठाइरहेको बताए । सो प्रिमियम तिरेर बीमामा सहभागी हुनेहरुको परिबारको सदस्यले बार्षिक ५० हजार रुपैयाँसम्मको औषधि उपचार तोकिएको अस्पतालमा निशुल्क पाउनेछ ।

तीन बर्ष अघि घोशित स्वास्थ्य बीमा कार्यक्रम गत २५ चैत देखी कैलालीबाट सुरु भएको छ । सोही कार्यक्रम १५ असार देखी बाग्लुङमा सुरु हुँदैछ ।

विमितले उपचारका लागि छुट्टयाइएको ५० हजार रोगको पहिचान, परीक्षण, औषधि, भर्ना, बेड चार्जमा खर्च गरिने समितिले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *