‘ब्लड सुगर’ नियन्त्रण गर्न जौ उपयोगी

jau

हिन्दु परम्परा अनुसार जौलाई बिशेष गरी पूजाआजामा प्रयोग गर्ने गरेको पाइन्छ । जौ पूजाका लागि मात्र नभएर खानमा पनि उत्तिकै उपयोगी हुन्छ भनेर तपाइँलाई थाहा नभएको पनि हुनसक्छ ।

जौको सेवन गर्नाले शरीरमा बिभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । जौको पिठो निकालेर त्यसलाई रोटी बनाएर खानाले ब्लड शुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसको सेवनले भोक नियन्त्रण पनि गर्छ ।

जौको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । जौकोपिठेमा प्रशस्त मात्रामा प्रोटीन, क्याल्शियम तथा भिटामिन हुन्छ जसको नियमित सेवनले हड्डी बलियो बनाउँछ ।

जौको सेवनले हड्डी दुखाइ कम गर्न मद्दत मिल्छ । जौको सेवनबाट शरीरलाई प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *