राप्ती अञ्चल अस्पतालमा अब आफ्नै अक्सिजन प्लान्ट

rapti-zonal-hospital-e1439870122518

दाङ २८ जेठ – राप्ती अञ्चल अस्पताल तुलसीपुरमा अक्सिजन ग्यास प्लान्ट निर्माण हुने भएको छ । एक करोड २५ लाख रुपैयाँ लागतमा प्लान्ट निर्माण गर्न लागिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष रुद्रममणी शर्माले अस्पताललाई आवश्यक पर्ने अक्सिजन ग्यास प्लान्ट निर्माणको काम सुरु गरिएको जानकारी दिए ।

देशभरकै अञ्चल अस्पतालमा यो पहिलो पटक भएको भन्दै शर्माले ग्यास प्लान्टका लागि रु ८० लाख बराबरको टेन्डर भएको र निर्माणको जिम्मा पाएको मेडी अक्सिजन प्रालिलाई सो निर्माणको जिम्मा दिइसकेको जानकारी दिए ।

अक्सिजन प्लान्ट निर्माण सँगै अस्पताललाई आर्थिक भार पनि कम हुने र आवश्यक पर्ने अक्सिजन बाहिरबाट ल्याउनु नपर्ने मेसु डा. भोलाराम श्रेष्ठले बताए । उनका अनुसार हाल दैनिक चार सिलिन्डर ग्यास अस्पतालमा खपत हुँदै आएको छ ।

अस्पतालले वार्षिक रु १५ लाखको अक्सिजन ग्यास बाहिरबाट आयात गर्ने गरेको डा. श्रेष्ठले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *