तपाईँलाई थाह छ ? बेलुकाको खाना कतिबजे खानु राम्रो ?

khana

एजेन्सी – तपाईँ बेलुकाको खाना कतिबजे खानुहुन्छ ? ७ बजे ?, ८ बजे ? वा त्यो भन्दा ढिलो ? एक अनुसन्धानले ढिलो खानु स्वास्थ्यका लागि वेफाइदा हुने निस्कर्ष निकालेको छ । अटोनोनस यूनिभर्सीटी अफ चिलेका अनुसन्धानकर्ता भन्छन्, बेलुका ८ बजेपछि नियमित खाना खाने बानीले मोटोपनालाई बढावा दिन्छ ।

अनुसन्धानकर्ताहरुले ५ हजार ५ सय जनामा अनुसन्धान गरेका थिए । उनीहरुले सो अनुसन्धानबाट चाँडो खाना खाने व्यक्तिहरु भन्दा बेलुकामा ८ बजेपछि खाना खाने व्यक्तिको कम्मरको नाप लिँदा दुई इन्च बढी पाइएको बताए ।

अनुसन्धानकर्ता डा लोपेज भन्छिन्, ‘बेलुका सुत्ने समय नजिकिदै गर्दा शरीरको हरेक प्रक्रिया ढिलो हुनुपर्छ र यहि कारणले खाएको खाना पचाउन र शक्तिमा परिणत गर्न पनि बढी समय लाग्छ ।’

उनीहरुले मोटोपनाको अर्कोकारण बेलुकाको समयमा बढी खाना खानु पनि रहेको बताएका छन् । ‘बेलुकाको समय बढी खाना खानु मोटोपनको एक कारण हो,’ डा. लोपेजले भनिन् ।

उनले दिउसोको समयमा शरीरमा बढी भोक लाग्ने इन्जाइम र हर्मोन पैदा हुने भएकोले बिहान र दिउसोको समयमा प्रशस्त खाना खानु राम्रो हुने बताइन् । साथै उनले बेलुकाको समयमा कम गर्नु उपयुक्त स्वास्थ्यका लागि लाभदायी दावी गरिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *