खुट्टा गन्हाउँछ ? अपनाउनुस् यी तरिका

khuta1
गर्मी मौसममा धेरै मानिसहरुलाई खुट्टा गन्हाउँने समस्याले सताउने गर्छ। यसको कारण समयमा सरसफाई नगर्ने र लामो समय जुत्ता लगाएर बस्नु हो ।

लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा आएको पसिना तथा हावाको कमीले समयमा सुक्न पाउँदैन र खुट्टा चिसो भइरह्न्छ। खुट्टा पसिनाले भिजिराखेपछि त्यहाँबाट दुर्गन्ध आउने गर्छ र खुट्टा गन्हाउँछ ।

त्यसैले तपाईं पनि यही समस्याले ग्रस्त हुनुहुन्छ भने त्यसबाट बच्नका लागि अपनाउनुस यी उपाय :

नुन :

नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् । जसले गर्दा खुट्टा गन्हाउँन कम गर्छ ।

बेकिङ सोडा :

बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्चा बेकिङ सोडा र कागतीको रस राख्नुहोस् र त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नु राम्रो हुन्छ ।

कागती :

कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गन्हाउँने समस्याबाट छुटकारा पाउन सिकन्छ । कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर अझ चाँडो हुन्छ ।

चियापत्ति :

चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।

मकै :

राम्रोसंग पिंधेर मसिनो बनाएको अलिकति मकैको पिठो जुत्ता भित्र हाल्नुहोस्  । यसले खुट्टाबाट निस्कने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ । यसको साथै दैनिक रुपमा खुट्टा धुने र सफा गर्ने गर्नु पर्छ र सुतीको मोजा लगाउने गरे खुट्टा गन्हाउँने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *