गर्भपतन गराउनेमा अधिकांश किशोरी

aborationरुपन्देही, २६ जेठ –  जिल्लामा कलिलै उमेरमा गर्भपतन गराउने युवती तथा किशोरीसंख्या बढ्दै गएको छ । सुरक्षीत गर्भपतन गराउने संस्थाको तत्थ्यांकले यस्तो देखाएको हो । सुरक्षीत गर्भपतन गराउने संस्थाको तत्थ्यांकले यस्तो देखाएको हो ।

गर्भपतन गराउने अधिकांश कलिला उमेरका किशोरी तथा युवतीहरु रहेको पाइएको छ । गर्भपतन गराउने यस्ता किशोरीहरु निर्धक्क मान्यताप्राप्त सुरक्षित गर्भपतनको मान्यता पाएका स्वास्थ्य केन्द्रहरुका पुग्ने गरेका छन् । 

नेपाल परिवार नियोजन संघ रुपन्देहीकी वरिष्ठ नर्स विष्णु गुरुङ्ले गर्भपतन गराउने अधिकांश १५ देखि २५ वर्षका किशोरी तथा युवतीहरु केन्द्रमा आउने गरेको बताइन् । गर्भपतनले कानुनी मान्यता पाएपछि सुरक्षित रुपमा गर्भपतन गराउनेहरुको संख्या बढेको छ तर त्यसमा अधिकांश किशोरी तथा युवतीहरु देखिएका छन् ।

नर्स गुरुङले तीन महिनाभन्दा बढीको गर्भपतनका लागि आफुहरुले सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्ने गरेको बताइन् । संघको तथ्यांक अनुसार सन २०१२ मा ४ सय ६१, २०१३ मा ६ सय ३९, २०१४ मा ७ सय ३८, २०१५ मा ६ सय ४० र २०१६ को ३ महिनामा २ सय २२ जना महिलाहरुले नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाबाट गर्भपतन गराएका छन् ।

जसमध्ये सन २०१४ मा १५ वर्ष देखि १९ वर्ष भित्रका ३८ जना, २०१५ मा ४१ जना, र २०१६ को ३ महिनामा १३ जना किशोरीले संघबाट गर्भपतन गराएको तथ्याङ छ । – आजको गोरखापत्रमा समाचार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *