आर्थिक बर्ष सकिन लाग्यो सुर्तीकर कोषको चार करोड रकम अझै वितरण भएन

mohp

काठमाडौँ, २५ जेठ – सुर्तीजन्य पदार्थ विरुद्ध जनचेतना अभिबृद्धि गर्न भन्दै चालु आर्थिक बर्षका लागि छुट्याइएको चार करोड रकम अझै वितरण हुन सकेको छैन् । आर्थिक बर्ष सकिन् अब एक महिना पाँच दिन मात्रै बाँकी छ ।

कोषबाट अनुदान लिनका लागि २२१ वटा संस्थाले निवेदन हालेका थिए । त्यसमध्ये सचिवालयले अनुदान प्राप्तीका लागि बनाएको मापदण्ड मिल्ने ६८ वटा मात्रै परेको जनाएको छ । तर आफ्ना कार्यकर्ताका केही संस्थालाई जसरी पनि पानुपर्छ भन्दै मन्त्री रामजनम चौधरी र राज्यमन्त्री मो मुस्ताक आलमले अडान लिएपछि वितरणको काम रोकिएको हो ।

सचिवालयका सदस्यसचिव खिमानन्द भुसालले रकम वितरण नभएको बताए । उनले के कारण रकम वितरण नभएको भन्ने बारेमा खुलाउन चाहेनन् । ‘अझै केही छलफल बाँकि नै छ । त्यसपछि मात्रै वितरण होला,’ नेपाली हेल्थसंग भने ।

स्रोतका अनुसार मन्त्री र राज्यमन्त्रीका तर्फबाट नियुक्त भएका केही सदस्यले बर्तमान मापदण्डलाई संसोधन गरेर भएपनि रकम उपलव्ध गराउनुपर्ने नै बताएपछि विवाद बढेको हो ।

‘हिजो वितरण गर्ने भन्दै बैठक बसेका थियो तर विवाद बढेपछि स्थगित भयो एक सदस्यले भने , मन्त्री र राज्यमन्त्रीले कम्तीमा ३० ३५ वटा संस्थालाई पारिदिनु भन्ने दवाव आएपछि यस्तो विवाद भएको हो,’ एक सदस्यले नेपाली हेल्थसंग भने ।

सदस्यसचिव भुसालले निवेदन दिएका मध्ये १३ वटा अघिल्लो पटक राम्रो काम नगरेको भन्दै कालोसूचीमा परेको बताए । उनले छनौटमा परेका संस्थालाई ३ देखी १० लाख सम्म पुगेको बताए ।

सरकारले सुर्तीजन्य पदार्थको विक्रीबाट उठेको करमध्ये ४० करोड रुपैयाँ यसको असरले लागेको रोगको उपचार गर्न तथा रोकथामका लागि जनचेतनाका लागि खर्च गर्न उपलव्ध गराएको छ ।

त्यसमध्ये ७५ प्रतिशत भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पताल, १० प्रतिशत विभिन्न गैरसरकारी संस्था र १५ प्रतिशत अन्यमा काठमाडौँका केही सरकारी अस्पताल तथा सचिवलायको कार्यसम्पादनमा खर्च गरिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *