मज्जाले हाँस्नुका यति धेरै फाईदा !

laguhingउर्जा मिल्छ : हाँसेको बेला हामी लामो स्वास लिने र छोड्ने गरिन्छ जसले शरीरमा अक्सिजनको सञ्चार हुन्छ । यसले तपाईँ लामो समयसम्म उर्जावान रहनसक्नुहुन्छ । यदि तपाईँ एक मिनेट लगाएर जोडले हास्नु भयो भने १० मिनेट व्यायम गरेबराबर हुन्छ ।

जवान देखाउँछ : जो व्यक्ति बढी हास्छ उ लामो समयसम्म युवा देखिन्छ । हाँस्दा मुहारको मांसपेशीको व्यायम हुन्छ । जसले मुहारमा चाउरी पना देखिदैन । यसबाट एन्टी एजिंङको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

मस्तिस्कका लागि राम्रो : एक अनुसन्धानका अनुसार हाँस्दा मस्तिस्कमा अत्यन्तै धेरै सकारात्मक प्रभाव पर्दछ । नियमित हाँस्दा दिमाक मजबुत हुन्छ ।। यसका बाबजुत जो व्यक्ति बढी हाँस्छ उ भित्र तनाव उत्पन्न गर्ने हार्मोन पनि निकै कम हुन्छ ।

मिठो निन्द्राको लागि फाइदाजनक : हाँस्दा तपाईँको शरीरमा सकारात्मक भावना प्रेरित गर्नमा पनि मद्धत गर्छ । हाँसोको कारण मांसपेशीको आराम मिल्छ । यो शरीरको प्राकृतिक दुखाई निवारण गर्दै मिठो निन्द्रा दिनमा पनि काम आउछ ।

हाँस्दा बढछ प्रतिरोधी क्षमता : धेरै अनुसन्धानले यो प्रमाणित गरेको छ कि हाँसोले शरीरको रोगप्रतिरोधी क्षमता बढाँउछ । जो शरीरको रोगसंग लड्नेमे मद्धत गर्छ । यस प्रक्रियाको दौरान शरीरमा एन्टीभाइरल वा संक्रमणको रोक्नेवाला कोशिका बढ्छ ।

दुखाई हराउँछ : बैज्ञानिकहरुका अनुसार अति दुखाई हुने रोगको विरामीलाई पनि यदि उ बढी हाँस्छ भने उसलाई अन्य विरामीलाई भन्दा कम दुखाई घटाउन औषधि दिए पुग्छ ।

हाँस्ने व्यक्तिको सोच सकारात्मक हुन्छ : हाँस्ने प्रक्रियाको दौरानमा शरीरमा इन्डोर्फिन नामक हार्मोन बन्छ । जो पुरा शरीरमा सुखद अनुभव तथा सकारात्मक सोच भरिदिन्छ । यो हार्मोनले मुड् फ्रेस गर्न समेत मद्धत गर्छ ।

 – एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *