स्वास्थ्य मन्त्रालयको निमित्त सचिव डा. चन्द

dr padam
डा. पदमबहादुर चन्द

काठमाडौँ, २४ जेठ – स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. पदमबहादुर चन्द भएका छन् । स्वास्थ्य मन्त्री रामजनम चौधरीले मंगलबारबाट लागू हुने गरी मन्त्रालयका प्रमुख विशेषज्ञ ( १२ औ तहका) चन्दलाई निमित्त सचिव दिने गरि आइतबार नै निर्णय गरेका हुन् ।

गत विहीबारको बैठकले स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको थियो । यद्धपी स्वास्थ्य मन्त्रालयमा आजसम्म उनको सरुवाको पत्र आइपुगेको छैन् ।

स्वास्थ्य सचिव श्रेष्ठ एचआइभी एड्स सम्वन्धी तीन दिने उच्चस्तरीय बैठकमा भागलिन जाने कार्यक्रम तय भएकोले पत्र नआएको बुझिएको छ । सचिव श्रेष्ठ आजै बेलुका अमेरिका प्रस्थान गर्दैछन् ।मन्त्रालय स्रोतका अनुसार सचिव श्रेष्ठ फर्केपछि रमाना बुझेर प्रधानमन्त्री कार्यालय जानेछन् ।

श्रेष्ठ सरुवा भएपछि मन्त्रालयको नयाँ सचिव को हुन्छ भन्ने बारेमा विभिन्न अडकल काटिदै आएको छ । सचिव बन्ने दौडमा पछिल्लो समय डा चन्द र उप्रेतीको प्रतिस्पर्धा देखिएका छन् ।

डा. सेनेन्द्र मन्त्रालय आएपछि सचिवको अनुपस्थितिमा उनी नै निमित्त हुने गरेका थिए । तर यसपटक डा.चन्दले सो मौका पाएका छन् ।
नेपाली हेल्थसग कुरा गर्दै डा. चन्दले मन्त्रालयमा बरिष्ठताको आधारमा आफूलाई निमित्त दिइएको बताए । उनले सचिव बनाउने जिम्मा बढुवा समितिको हुने भन्दै अहिल्यै को हुन्छ भनेर अडकल काट्नु हतार हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *