पेट फुलेमा के गर्ने ? अपनाउनुस् यी घरेलु उपाय

pat fulako

बिभिन्न किसिमका खानपानले गर्दा शरीरमा धेरै प्रकारका समस्या उत्पन्न हुने गर्छ त्यसमा पनि पेट सम्बन्धी समस्या प्राय सबै ब्यक्तिमा पाइन्छ ।

कम खानाले अर्थात् पेट खाली भयो भने पनि पेटमा ग्याँस भरिन्छ र एसिडिटी बढ्दै जान्छ र बढी खाएमा पनि पेट फुल्ने, ढुस्स हुने गर्दछ । यसले तपाइँलाई सताएको हुन सक्छ ।

त्यसैले अपनाउनुस् यी घरेलु उपाय :

१. पेट फुलेमा नियमित रुपमा कागति पानीको सेवन गर्नाले पेट सफा हुनुका साथै ग्याँस बाहिर निकाल्न मद्दत गर्छ ।

२. दिनहुँ जसो पुदिनाको सेवन गर्नु फाइदाजनक हुन्छ । यसले खानालाई पचााउन मद्दत गर्छ ।

३. फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए, पोटाशियम तथा फाइबर हुन्छ । यसको नियमित सेवनले डाइजेसन ठीक गर्छ र पेट फुल्ने समस्याबाट मुक्ति मिल्छ ।

४. पेट ढुस्स हुने तथा फुलेमा अदुवाको रस सेवन गर्नाले पेटका बिकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

५. त्यसैगरी नरिवलको पानी, सोँफ तथा दहीको नियमित सेवन गर्नाले खानालाई पचाउने, पेटका बिकार तत्व बाहिर निकल्ने काम गर्छ र पेट फुल्ने समस्याबाट मुक्ति मिल्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *