महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर के हो ? कसरी जोगिने ?

Dr . bishnu datta paudel
डा. विष्णुद्धत्त पौडेल, बरिष्ठ क्यान्सररोग विशेषज्ञ – बीर अस्पताल

महिलाहरुलाई हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर( सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिन्छ । नेपालकै कुरा गर्ने हो भने महिलाहरुमा देखिने विभिन्न क्यान्सर मध्ये सर्भाइकल क्यान्सर सबैभन्दा बढी देखिन्छ ।

विवाहित महिलामा देखिने पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) एउटा नदेखिने किरा ( जम्स)ले गर्दा हुने गर्दछ । त्यसलाई भाइरस पनि भनिन्छ । सो भाइरसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ ।

यो भाइरस यत्तिकै महिलाको पाठेघरसम्म पुग्दैन् । जव पुरुष र महिलाबीच शारीरिक सम्पर्क अर्थात यौन सम्पर्क हुन्छ, त्यसबेला पुरुषद्धारा महिलामा सर्नसक्छ । अर्थात यो भाइरस महिलामा सर्ने खास माध्यम पुरुष हो ।

तर यौनसम्पर्क गर्नासाथ नै यो भाइरस देखिन्छ भन्ने छैन् । नसर्न पनि सक्छ । यदि सरेको रहेछ भने पनि आजको भोली असर देखिदैन असर देखिनलाई नै कम्तीमा ५ – १० – १५ बर्ष कुर्न पर्छ । अर्थात यसले एकदमै मन्द गतिमा आफ्नो प्रभाव देखाउन सक्छ ।

can_cerv

भाइरस सार्ने माध्यम पुरुष 

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) हुनुको प्रमुख माध्यम पुरुष नै हो । अर्थात महिला र पुरुषबीच हुने शारीरिक सम्पर्क प्रमुख माध्यम हो । यतिवेलै पुरुषद्धारा यो भाइरस महिलाको पाठेघरमा पुग्दछ । यदि महिलाले जीवनभर यौनसम्पर्क गरेकी छैनन् भने ती महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुँदैन् ।

खोप (भ्याक्सिन ) भरपर्दो माध्यम

हुन त सरकारले यसबर्ष देखी चितवन र कास्कीमा सर्भाइकल क्यान्सर विरुद्धको खोप ( एचपीभी) निशुल्क रुपमा उपलव्ध गराउन सुरु गरेको छ । विस्तारै यो भ्याक्सिन देशैभर निशुल्क गर्ने सरकारी योजना छ ।

अनुसन्धानले के देखाउछ भने यदि यौनसम्पर्क हुनु अगावै अझै महिनावारी हुनु अगावै सर्भाइकल क्यान्सर विरुद्धको खोप एचपीभी भ्याक्सिन लगाउन सकियो भने त्यसले भविस्यमा हुनसक्ने सर्भाइकल क्यान्सरको सम्भावना एकदमै हटेर जान्छ । अर्थात खोप पछि भविस्यमा गरिने शारीरिक सम्पर्कले पनि यो क्यान्सरको सम्भावना ८० प्रतिशत कम भएर जान्छ भनिएको छ ।

अरु माध्यम के ?

त्यो भाइरस छिरेर क्यान्सर बनाउन ५- १०- १५ बर्षसम्म लाग्न सक्छ । त्यसैकारण विवाहित महिलाले पाठेघरको मुखको पानी जाँच गरेर हेरेमा पनि क्यान्सरको सुरुको अवस्थामा नै पत्ता लाग्न सक्छ । महिलाहरुलाई पाठेघरको मुखको जाँच गराइयो भने पनि यो क्यान्सर हुनुभन्दा अगाडी नै प्रिक्यान्सरको अवस्थामा नै समात्न सकिन्छ ।

पाठेघरको मुखको क्यान्सरको लक्षणहरु के के हुन्  ?

  • महिलाहरुलाई महिनावारीको समयमा भन्दा पनि अरु समयमा पनि योनीबाट रगत बग्ने ।
  • महिलाहरुको महिनावारी बन्द हुने उमेर पछि पनि योनीमा रगत देखिनु ।
  • नियमित यौन सम्पर्कको बेलामा पनि रगत देखियो भने ।
  • फोहोर पानी बग्ने , गनाउने पानी बग्ने र योनी चिलाउने भयो भने पनि त्यो सर्भाकल क्यान्सरको लक्षण हुनसक्छ ।
  • यसबाहेक सर्भाइकल क्यान्सर फैलदा गएर कहिलेकाँही काखीमा पुगेर गाँठो आउन सक्छ ।
  • क्यान्सर फैलिएर कलेजोमा पुगेमा कलेजो सुन्निन सक्छ । फोक्सोमा पुगेमा फोक्सो नै सुनिन्छ । कहिलेकाही घाटीमा र ब्रेनमा पनि पुग्न सक्छ ।

रोकथामका उपाय 

  • पहिलो त माथिका लक्षणहरु आउनसाथ क्यान्सर रोग विशेषज्ञलाई देखाउनु परयो ।
  • भविस्यमा सर्भाइकल क्यान्सर नहोस भन्नका लागि १० बर्ष उमेरका बालिकाहरुलाई एचपीभी खोप लगाउन परयो ।
  • पाठेघरमा संक्रमण भए नभएको थाह पाउन प्यापस्मेयर टेष्ट( गर्भासयको श्राव परीक्षण ) गर्नुपर्छ । यसले पाठेघरको कोषिकाहरु सामान्य अवस्थामा रहे नरहेको थाह पाउन सकिन्छ ।
  • यौन क्रियाकलापमा सम्लग्न हुन थालेका महिलाहरुले कम्तीमा हरेक तीन बर्षमा यस्तो परीक्षण गर्नुपर्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर के हो ? कसरी जोगिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *