पीसीएल नर्सिङ र स्वास्थ्य सहायक ( एचए) दोस्रो बर्षको परीक्षाफल प्रकाशित

ctevtभक्तपुर २३ जेठ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले गत मंसिर महिनामा संचालित पीसीएल नर्सिङ र स्वास्थ्य सहायक ( एचए) दोस्रो बर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

प्रकाशित नतिजा अनुसार एचएमा सबैभन्दा बढी विद्यार्थी फेल भएका छन् । एचएको तुलनामा नर्सिङ विद्यार्थीको पास प्रतिशत दुई गुणा बढी छ । सिटिभिइभिटीका अनुसार पिसिएल नर्सिङ दोस्रो वर्षको नतिजामा नियमिततर्फ ९४ प्रतिशत विद्यार्थी पास भएका छन् ।

नियमिततर्फ ३ हजार ८ सय ३७ जनाले परीक्षा दिएकोमा ३ हजार ६ सय जना पास हुन सफल भएका हुन् । यस्तै आंशिकतर्फ भने ७४ प्रतिशत मात्र पास भएका छन् । आंशिकतर्फ ३ सय १२ जनाले परीक्षा दिएकोमा २ सय १५ जना पास भएका छन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला  

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *