कोही गएनन्, कोहीले पाएनन् ! यी हुन मन्त्रालयमा हाजिर गर्ने ५ दर्जन कर्मचारी

काठमाडौँ, २३ जेठ – स्वास्थ्य मन्त्रालयमा दरवन्दी बाहेक काजमा रहेका कति कर्मचारीहरुले हाजिर गर्लान ? ५ जना, १० जना वा २० जना ? यदि त्यस्तो अडकल काटनु भएको छ भने तपाईँ गलत ठहरिनु हुनेछ ।

किनभने मन्त्रालयमा अहिले विशिष्ठ श्रेष्ठ सहितका झण्डै ५ दर्जन बढी चिकित्सक तथा कर्मचारीहरु हाजिर मात्रै गरेर बसेका छन् । कतिपयलाई जिल्ला तथा क्षेत्रबाट जबरजस्ती तानिएको छ भने कतिपयलाई जिम्मेबारी दिइएको छैन् । कोही भने खटाएको ठाँउमा ‘माथिको पावर’ लगाएर गएका छैनन् ।

स्वास्थ्य सेवा ऐनमा कुनै पनि कर्मचारीहरुलाई एक महिना बढी जिम्मेबारी विहीन गराई राख्न नपाउने स्पष्ठ छ तर मन्त्रालयमा चार महिना भन्दा बढि समय देखी विशिष्ठ कर्मचारीलाई समेत जिम्मेबार विहीन बनाई थन्क्याइएको छ । एघारौँ तहका डा. नरेशप्रताप केसी, दशौँ तहका डा. कृष्ण चन्द यसका उदाहरण हुन् । उनीहरु चार महिना भन्दा बढि समय देखी जिम्मेबार विहीन बनेर मन्त्रालयमा बसेका छन् ।

‘जिम्मेबारी दिएको छैन, मन्त्रालयमा हाजिर हुन भनिएको छ । आयो हाजिर गरयो, बस्ने कोठा हुँदैन, काम गर्ने जिम्मेबारी दिइदैन् । यसरी मन्त्रालयमा काम विहीन बनेको चार महिना नाघिसक्यो,’ एघारौँ तहका डा. नरेश प्रताप केसीले नेपाली हेल्थसंग भने । उनी जस्तै एघारौँ, दशौँ , नवौँ , आठौँ तह मात्रै होइन, चौथो र पाँचौ तहका जिम्मेबारी विहीन कर्मचारीहरु दिनहु हाजिर गरि बसेका छन् ।

‘उनीहरु कतिपयलाई उचित स्थान नपाएर जिम्मेबारी नदिएको हो । कतिपयलाई ठाँउमा पठाउँदा आनाकानी अर्थात अटेरी गरेको हो । मन्त्रालयका एक अधिकारीले भने, कोही जिम्मेबारी नपाएका छन तर कोही पाएर पनि गएका छैनन् ।’

बर्खा लाग्यो, रोग फैलने बेला हो । जिल्ला क्षेत्र तथा अञ्चल अस्पतालमा चिकित्सकको उपस्थिति अनिवार्य हुन्छ । तर दर्जनौँ चिकित्सकलाई मन्त्रालयमा हाजिर गराएर तलव खुवाइएको छ ।

‘फलानो मन्त्री ज्युका मान्छे , उहाँलाई काजमा ल्याउनुपरयो , फलानो मन्त्री ज्युका मान्छे उहाँलाई त्यो ठाँउमा लैजान परयो । कसैलाई जवरजस्ती ल्याँउदा वा पठाउँदा यस्तो समस्या भएको हो,’  एक अधिकारीले भने ।

हुन पनि स्वास्थ्य मन्त्री रामजनम चौधरी र राज्यमन्त्री मो मुस्ताक आलम नियुक्ती भएदेखिनै काम भनेको कर्मचारीको सरुवा र बढुवामा नै केन्द्रीत देखिएको छ ।

‘स्वास्थ्य यति सम्वेदनशील क्षेत्र हो तर जिम्मेबार मन्त्रीहरु कर्मचारी भर्ना सरुवा र बढुवामा मात्रै केन्द्रीत छन् । जसले स्वास्थ्यको संवेदनशीलतालाई त पाखा पार्यो नै जिम्मेबार ढंगले काम गर्ने कर्मचारीलाई पनि आतंकित गर्ने काम गरेको छ,’ एक अधिकारीले नेपाली हेल्थसंग भने ।

IMG_20160603_140520 copy

IMG_20160603_140557 copy

IMG_20160603_140540

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *