सुत्केरी भएको कति समय पछि गर्भ रहँन सक्छ ?

dr. jyoti agrawal
डा. ज्योति अग्रवाल स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

अघिल्लो बच्चा जन्मिएको १५ महिनापछि कतिपय घरमा अर्को बच्चाको आगमन भइसकेको हुन्छ । अधिकांश घरमा यो घटना आमाबाबुको रहरभन्दा पनि झुक्किएर निम्तिने गरेको पाइन्छ ।

यस्तो अवस्थामा दुईवटा लालाबाला दुईतिर काखमा बोकेर हिँड्न र हुर्काउन सकसपूर्ण हुने गरेको पाइन्छ । अघिल्लो बच्चा जन्मिएपछिको समय केही भ्रमपूर्ण हुने भएकाले पनि धेरै जोडी अनिच्छामै बच्चा जन्माउन बाध्य भएको पाइन्छ।

४५ दिनपछि सम्भावना :

बच्चा जन्मेको ४५ दिनभित्र अर्को गर्भ बस्ने सम्भावना हँुदैन । यो समयमा शारीरिक र स्वास्थ्यका हिसाबले बच्चाकी आमा सक्षम भइसकेकी छन् भने गर्भनिरोधक साधनविना नै यौनसम्बन्ध राख्दा पनि गर्भ रहँदैन । तर, ४५ दिनपछि भने जुनकुनै वेला गर्भ रहने खतरा रहन्छ ।

महिनावारीले भ्रम

अधिकांश जोडी यो अवधिमा महिनावारीमा हुने गडबडीका कारण यौनबारे भ्रममा पर्ने गरेका छन् । कतिपय आमालाई बच्चा जन्मिएको ४५ दिनमा महिनावारी भइदिन्छ । तर, कसैको भने दुई वर्षसम्म पनि नहुन सक्छ ।

prangnent women

कसैको ४५ दिनमा भएर पनि लामो समय फेरि नहुन सक्छ । बच्चालाई राम्रोसँग दूध नचुसाउने आमाको छिटो महिनावारी हुन्छ भने प्रशस्त दूध चुसाउने महिलाको महिनावारी ढिलो हुन सक्छ । यो अवस्थामा महिनावारीको कुनै ठेगान नै हुँदैन । यो कुनै समस्याले हुने पनि होइन । धेरैले ठान्छन्– महिनावारी नभएको यो अवस्थामा गर्भ रहने खतरा हुँदैन । तर, अनुमान गलत हुन सक्छ ।

गर्भबारे भ्रम :

अघिल्लो बच्चा जन्माएपछिको छोटो अवधिमै गर्भ रहनेबारे बुझ्न पनि समस्या हुन्छ । गर्भ रहँदा सुरुवाती समयमा महिलाले देखाउने संकेत यस्तो अवस्थामा कमै आउन सक्छन् । त्यसो त वाक्वाकी लाग्ने, कमजोरी महसुस हुनेजस्ता लक्षण सबै महिलामा देखिन्छ नै भन्ने पनि हुँदैन । लक्षण केही नदेखिएपछि गर्भ रहेको भन्ने आँकलन गर्नै सक्दैनन् र ढुक्क हुन्छन् । त्यसैले गर्भ बसेपछि लक्षण देखिइहाल्छ नि भनेर भर पर्न मिल्दैन ।

गर्भनिरोधक साधन :

बच्चा जन्मिएको ४५ दिनपछि चिकित्सकसँग परामर्श गरेर जोडीले इच्छाअनुसार गर्भनिरोधक साधन प्रयोग गर्नु नै असुरक्षित गर्भधारण रोक्ने उत्तम उपाय हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “सुत्केरी भएको कति समय पछि गर्भ रहँन सक्छ ?

  1. याहा जुन प्रश्न छ , मीन्स को 2दिन अघि को यौन सम्पर्क ले गर्भ रहन्छ कि रहन्न ???तर जति प्रकार को प्रश्न भए नि एकै उतर किन ??????? प्रश्नको ठिक उतर पाईन्न , मोबाईल को पैसा मात्रै सक्ने नीयत हो की के हो ??????

  2. जति पनि लिङ्क छन सब मा यो उल्लेख छ , डिम्ब निष्काशन को -14 दिन मा रजश्वला हुन्छ – धेरै कुराको सँयोग ले मात्रै गर्भ रहन्छ , —याहा हामी ले बिना सँयोग मा गर्भ रहेको ले बचाउ को लागि मिन्श सकेको कति मा नगर्नु कति मा गर्नु भनेर जान्न खोजेको , तर psychology को peubarti देखि infantsy childhood ,babyhood तिर को बयान मात्र पाईनछ किन होला ?????

  3. Sir मेरो पनि यस्तै समस्य भयो । मेरो बुदि बच्चा भएको ४महिना भयो वाकवाकी लागि रहन्छ किन होला।महिनावारी भएको चाहिँ छैन अहिले सम्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *