व्यावसायी पक्राउको विरोधमा चितवनका औषधि पसल बन्द

Hatkadiचितवन २२ जेठ – प्रहरीले आफ्ना तीन जना सदस्यलाई पक्राउ गरेको विरोधमा चितवनका औषधि व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप आज विहानै देखी जिल्लाका सबै औषधि पसल बन्द गरेका छन् । जिल्ला भर ४ सय बढी औषधि पसल छ ।

नेपाल औषधि व्यावसायीसंघ चितवनका अध्यक्ष शिवप्रसाद पण्डितले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि फार्मेसी सञ्चालन गरेका रक्षा फार्मेसीका राजेन्द्र तिवारी, तिर फार्मेसीका रामचन्द्र पौडेल र सुस्वास्थ्य मेडिकलका कृष्णप्रसाद खनाललाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि आफूहरु आन्दोलित हुनु परेको बताए ।

फार्मेसी पछाडि अरुको स्वामित्वमा रहेका ल्याब तथा डेण्टल क्लिनिकमा सञ्चालक नभेटेको भन्दै प्रहरीले जबर्जस्ती पक्राउ गरेको उनको आरोप छ ।पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *