चिकित्सक संघले माग्यो स्वास्थ्यकर्मीको उपचारमा ९० प्रतिशत छुट !

काठमाडौँ, २० जेठ – नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थयकर्मीको उपचारमा ९० प्रतिशत छुट दिन सरकारसंग माग गरेको छ ।

सरकारले गत शनिबार प्रस्तुत गरेको बजेटमा देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा गरिने उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो । पत्रकारहरुलाई मात्रै उपचार छुट दिने सरकारको घोषणाको कतिपय स्वास्थ्यकर्मीहरुले सार्वजनिक रुपमै विरोध गरेका थिए ।

संघका महासचिव डा. मुक्तिराम श्रेष्ठद्धारा विहीबार जारी विज्ञप्तीमा सरकारसमक्ष ११ बुदे माग राखिएको छ । जसको पहिलो नम्बर बुँदामा यसअघि नै उठाएको चिकित्सक वा स्वास्थ्यकर्मीमध्येबाट सचिव हुनुपर्ने पुरानो माग राखिएको छ ।

आठौँ नम्बर बुँदामा उपचारमा छुटको व्यवस्था हुनुपर्ने माग छ भने सातौँ नम्वरमा गाडी खरीदमा अधिकतम भन्सार छुट दिएर चिकित्सकको विदेश पलायनलाई रोक्नुपर्ने उल्लेख छ ।

सो बुँदामा विदेश पलायन भइरहेका चिकित्सकलाइ निरुत्साहित गर्न नेपालमा ७ बर्ष देखि काम गरेका चिकित्सकलाई प्रोत्साहन स्वरुप सवारी साधन खरिदमा अधिकतम भन्सार छुटको व्यवस्था गर्न माग गरिएको छ । संघको यो मागले गाडी खरीदमा भन्सार बढी भएकै कारण चिकित्सकहरु विदेश पलायन हुन् भन्ने प्रश्न जन्माएको छ तर जानकारहरु भन्छन् , विदेश पलायन हुने चिकित्सकसंग र गाडीको भन्सारबीचको खासै सम्वन्ध हुँदैन् ।

त्यस्तै संघले निजी वा सरकारी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत चिकित्सकलाई परीक्षणकाल पूर्ण गरेपश्चात जागिरको ग्यारेन्टी माग गरेको छ । त्यस्तै निजी अस्पताल ७० प्रतिशत नेपाली जनतालाई स्वास्थ्य सेवा पुरयाएको भन्दै सामान खरीदमा अधिकतम भन्सार छुटको व्यवस्थ गर्न समेत माग गरेको छ ।

संघको मागहरु समेटिएको विज्ञप्ती यस्तो छ

nma1

nma2

nma3

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *