जिब्रो पोलेमा के गर्ने ? अपनाउनुस् यी घरेलु उपाय

tounge

कहिलेकाहीँ  चिया, कफी पिउँदा तथा अन्य तातो खाने कुरा खाँदा जिब्रो पोल्ने गर्दछ । जसका कारण अन्य परिकार खान पनि समस्या हुन्छ र खानेकुराको स्वाद  थाहा पाउन पनि मुस्किल हुन्छ । यसरी जिब्रो पोलेको समयमा केही घरेलु उपाय अपनाउन सकिन्छ ।

बेकिङ सोडा :

बेकिङ सोडाले पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ  । त्यसकारण जिब्रो पोल्नासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु पर्छ  जसले पोलेको दुखाई कम गर्न मद्दत गर्छ ।

आइस क्युब :

यदि जिब्रो पोल्यो भने आइस क्युबलाई झोल बनाएर मुखमा लगाएर केही बेर चुस्ने गर्नुपर्छ ।

चुइगम :

 चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरन्तर रहँदा पोल्न कम हुन थाल्छ ।

दही :

जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ ।

मह :

एक चम्चा मह जिब्रोमा राख्ने । यसले पोलेको जिब्रोमा दुखाई कम गर्न मद्दत गर्छ ।

घ्यूूकुमारी :

घ्यूूकुमारी एक प्राकृतिक जडिबुटि हो, जसले जुनसुकै जलेको ठाउँमा पनि पीडा कम गराउन मद्दत गर्छ ।  यसलाई जिब्रोमा आइस क्युबसँग मिलाएर लगाउँदा पनि फाइदाजनक हुन्छ  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *