जिब्रो पोलेमा के गर्ने ? अपनाउनुस् यी घरेलु उपाय
कहिलेकाहीँ चिया, कफी पिउँदा तथा अन्य तातो खाने कुरा खाँदा जिब्रो पोल्ने गर्दछ । जसका कारण अन्य परिकार खान पनि समस्या हुन्छ र खानेकुराको स्वाद थाहा पाउन पनि मुस्किल हुन्छ । यसरी जिब्रो पोलेको समयमा केही घरेलु उपाय अपनाउन सकिन्छ ।
बेकिङ सोडा :
बेकिङ सोडाले पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण जिब्रो पोल्नासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु पर्छ जसले पोलेको दुखाई कम गर्न मद्दत गर्छ ।
आइस क्युब :
यदि जिब्रो पोल्यो भने आइस क्युबलाई झोल बनाएर मुखमा लगाएर केही बेर चुस्ने गर्नुपर्छ ।
चुइगम :
चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरन्तर रहँदा पोल्न कम हुन थाल्छ ।
दही :
जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ ।
मह :
एक चम्चा मह जिब्रोमा राख्ने । यसले पोलेको जिब्रोमा दुखाई कम गर्न मद्दत गर्छ ।
घ्यूूकुमारी :
घ्यूूकुमारी एक प्राकृतिक जडिबुटि हो, जसले जुनसुकै जलेको ठाउँमा पनि पीडा कम गराउन मद्दत गर्छ । यसलाई जिब्रोमा आइस क्युबसँग मिलाएर लगाउँदा पनि फाइदाजनक हुन्छ ।
सम्पर्क इमेल : [email protected]