उपचारमा त्रुटी भएपछि नागरिक अस्पतालले तिर्यो दुई लाख

nagarik1भक्तपुर १९ जेठ-  गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालले उपचारमा त्रुटि भएको स्वीकार्दै विरामीको आफन्तलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ ।

सप्तरी घर भई हाल कौशलटार बस्दै आएका उपेन्द्र मण्डलको पाँच बर्षीया छोरी निसुको खुट्टाको सल्यक्रियामा त्रुटि भएको भन्दै थप उपचारका लागि दुई लाख रुपैँया तिरेको हो । यद्धपी उपचारमा सम्लग्न चिकित्सकले त्रुटि भएको स्वीकार गरेका छैनन् ।

गत ३ कात्तिकमा खुट्टामा समस्या भएपछि निशुलाई परिबारले उपचारका लागि नागरिक अस्पताल पुर्याएका थिए । निशुकी आमा रीता कुमारीका अनुसार त्यतिवेला चिकित्सकले तत्काल सल्यक्रिया नगरे खुट्टा छोटो हुने वा खुट्टा काट्नुपर्ने भन्दै परिबारलाई डर देखाएका थिए ।

तर त्यसलगत्तै सल्यक्रिया गरेपनि खुट्टा निको भएन । “खुट्टाको शल्यक्रिया गरेको तीन महिनासम्म पनि ब्यान्डेज खोलेन, ठीक हुन्छ भन्दै ढाँटेर राख्यो”, उनले भनिन्, “अन्य अस्पतालमा लगेर सिटीस्क्यान र एमआरआई गरेपछि बल्ल थाहा भयो, मेरो छोरीको त खट्टाको मुख्य रक्तनली नै काटिएको रहेछ ।”

अस्पताल प्रशासनले डा सुरज बज्राचार्यले बालिकाको शल्यक्रिया गरेको जानकारी दिएको छ । डा. बज्राचार्यको भने शल्यक्रियामा आफ्नो गल्ती नभएको दाबी गरेका छन् ।

मण्डल परिबारले पछिल्लो पटक उपचारमा लाखौ खर्च भएको र छोरी अपांग भएको भन्दै क्षतिपूर्ति माग गर्न थालेपछि अस्पतालसंग विवाद बढेको थियो ।

गत सोमबार कौशलटार र गठ्ठाघर क्षेत्रका बासिन्दाले अस्पताल घेरा उगर्न गएपछि भने अस्पतालले थप क्षतिपूर्ति दिन राजी भएको हो ।त्यसअघि नै मण्डल परिबारले महानगरीय प्रहरी बृत्त थिमिमा उजुरी दिएका थिए ।

महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएर अस्पतालमा पटक–पटक घेराउ गरेपछि अस्पताल प्रशासनले सोमबार अन्य अस्पतालमा थप उपचार गर्न भन्दै दुई लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । बालिकाको बाबु उपेन्द्रले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले पीडित पक्षलाई अस्पतालले दुई लाख रुपैयाँ क्षतिपूर्ति दिएर मिलापत्र गरेको बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *