यसकारण सुर्तीजन्य पदार्थमा प्रतिबन्ध आवश्यक

  • सन्दर्भ : विश्व धूमपानरहित दिवश
  • - नेपाली हेल्थ
    tobacco product
    धूमपान तथा सुर्तीजन्य पदार्थहरु

    सुर्तीजन्य पदार्थको प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । जसका कारण नसर्ने रोगहरुको दरमा समेत बृद्धि हुँदै गएको छ । सुर्तीसेवनकर्ता बढेसंगै क्यान्सर मुटु मधुमेह तथा फोक्सो जस्ता रोगहरुबाट मर्नेको दिन दिनै बढी रहेको छ । 

    kishore
    किशोरकुमार प्रधानाङ्ग
    • विश्वमा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुको संख्या १ अरव ३० करोड भन्दा बढी भएको अनुमान छ । यसैको सेवनले प्रत्येक बर्ष ६० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । त्यसमध्ये करीब ६ लाख मानिसहरुको धुम्रपानको धुवाँको असरले विभिन्न रोगको सिकार भई मृत्यु हुने गरेको छ ।
    • विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक ६ सेकेण्डमा १ जनाको सुर्तीजन्यपदार्थको असरले नै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले यस्तै अवस्था रहेमा सन् २०३० मा ८० लाख मानिसहरुको मृत्यु हुने अनुमान गरेको छ । अझ डरलाग्दो कुरा त के छ भने यो मध्ये झण्डै ८० प्रतिशतको मृत्यु त हाम्रो जस्तो विकाशसिल देशमा हुने गरेको छ ।
    • विभिन्न अध्ययनहरुले नेपालमा ३५.५ प्रतिशत पुरुषहरु र १५.५ प्रतिशत महिलाहरुले धूमपान गर्छन् । भने सुर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेहरुमा ३१.२ प्रतिशत पुरुषहरु र १५.५ प्रतिशत महिलाहरु रहेको पाइएको छ । त्यसो त नेपाल सबैभन्दा बढी सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलाहरु भएको देशमध्ये पर्दछ । 
    • सुर्तीजन्य पदार्थहरुमा चार हजार भन्दा बढी प्रकारका हानिकारक रसायनिक तत्वहरू रहेका हुन्छन् र यसमध्ये करीव ५० प्रकारका रसायनिक तत्वहरू जस्तै कार्वन मोनोक्साइड, वैन्जपाइरिन, पोलिसाइक्लिक हाइडोेकार्वन, नाइट्रोसामाइन, अलडिहाइड आदिले विभिन्न अंगहरुको क्यान्सर गराउँछ ।
    • यसमा पाईने निकोटिन जस्ता पदार्थले लत बसाई दिन्छ जसले गर्दा एकपल्ट धुम्रपान वा सुर्ती जन्य पदार्थको सेवन गर्ने वित्तिकै बानी लाग्छ । अर्था सो व्यक्तिले धूपपान तथा सुर्तीजन्य पदार्थको लतबाट निस्कन सक्दैन् ।
    • एक खिल्लि चुरोटमा २० मिलिग्राम निकोटिन हुन्छ । मानिसलाई ६० मिलिग्राम निकोटिनको इन्जेक्सन दिइयो भने तत्काल उसको मृत्यु हुन्छ । तर एक जना मानिसले दिनको २०-३० खिल्ली चुरोट खानेलाई पनि केहि हुँदैन भन्नु होला त्यसको कारण आगोले पोल्दा निकोटिनको असर कम हुनजान्छ र मानिसको पनि सहने शक्ति वढेर असर कम गरेको मात्रै हो ।
    • यसको असरका कारणले हाम्रो देशमा मूख, श्वास नली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौला लगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर हुनेको संख्या निकै बढेको छ । त्यो मात्रै होइन धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले गर्दा नै मुटु, मृगौला,पेट, फोक्सो, दम, ब्रोकाइटिस जस्ता रोगका विरामीको संख्या दिनानुदिन बढदै गइरहेको छ । 
    • चुरोट सेवन गर्दा धुँवा सिधै फोक्सोमा जान्छ र यसको असरले श्वासबाहिनी नलिलाई साँघुरो बनाउछ । जसले गर्दा दम ब्रोन्काइटिस आदि रोगहरु लाग्ने गर्छ । यसका साथै चुरोट बिडी सेवन गर्ने व्यक्तिको मुटुमा रहेको धमनीसमेत असर गरी रक्तसञ्चालनमा अबरोध पैदा गर्छ । जसले विभिन्न मुटुरोगका जोखिम निम्त्याउछ ।
    •  धूमपान सेवन गर्दा आउने धूवाँको असरले सेवन कर्ता मात्रै होइन त्यसको वरिपरि बस्ने व्यवक्तिलाई नराम्रो असर गर्छ । हामी यसलाई सेकेण्ड ह्याण्ड स्मोकर वा (Passive smoking) पनि भन्छौ जो आफूले चुरोट सेवन गरेको हुँदैन तर अर्काले सेवन गरेको असर नजिकै बसेको कारण भोगिरहेको हुन्छ । यस्तो व्यक्तिलाई पनि क्यान्सर तथा यस्ता जोखिमयुक्त रोगको सम्भावना बढी हुन्छ ।
      त्यसैले घरमा एक जनाले घुम्रपान गरिरहेको छ भने त्यसको धुंवाको असरले उसको परिबारका अन्य सदस्य समेत जोखिममा रहन्छन् ।
    • गर्भवती महिलाहरूले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भमा भएको बच्चालाई प्रत्यक्ष असर पुग्न जान्छ । जसबाट गर्भ तुहिने , कम तौलको बच्चा जन्मने, जन्मजात विकृती देखापर्ने, समय नपूगी जन्मने आदि खतरा देखा पर्न सक्छ । 
    • एक अध्ययन अनुसार फोक्सोको क्यान्सर ८५ प्रतिशत धूमपानको कारणले लाग्दछ ।
    • विश्व स्वास्थ्य संगठनबाट सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि गरेको Framework  Convention on Tobacco Control (FCTC) मा नेपालले पनि ३ डिसम्वर २००३ मा भाग लिएको थियो । यसवाट पारित धुम्रपान नियन्त्रण सम्वन्धि विभिन्न नियम कानुनको पालना गर्नका लागि ७ नोभेम्वर २००६ मा हस्ताक्षर गरि विभिन्न प्रयास पनि गरेको छ । तर पनि प्रभावकारी रुपले नियन्त्रण भने हुन सकेको छैन् ।
    • विश्व स्वास्थ्य संगठनले  हरेक बर्ष ३१ मे अर्थात आजकै दिन विश्व धूमपान रहित दिवश मनाउने गरेको छ । संगठनले यसबर्ष Get ready for plain packaging नारा तय गरेको छ ।

    अत धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणका लागि सरकारको तर्फवाट वनेको नियमकानुनको कडाईका साथ लागू गर्न टडकारो भइसकेको छ । सूर्तीजन्य पदार्थका प्याकेटको ९० प्रतिशत भाग छोपी राख्नुपर्ने चित्रअंकित स्वास्थ्य संन्देश अझै कार्यान्वनयमा आएको पाइएको छैन, सरकारी कार्यालयको सय मिटरमा धुमपान खरीद विक्री तथा सेवन गर्न नपाईने नियमको कार्यान्वनय अत्तोपत्तो छैन् ।

    बालबालिका तथा गर्भवतिलाई सेवन तथा विक्री वितरणमा लगाएको निसेध, करको दर बढाउने लगायतका कुराहरु पनि खासै कार्यान्वयनमा आएको छैन । जवसम्म भएको नियम लागू हुँदैन तव सम्म नियन्त्रण पनि सम्भव छैन् ।

    सुर्तीजन्य पदार्थको विक्रीबाट सरकारलाई केही करोड राजश्व थपिएला तर यसको असरले हुने जनधनको अमूल्य क्षतिको हिसाव गरि साध्य छैन । तसर्थ राजश्व उठ्छ रोजगारी हुन्छ भन्नु बेकार छ । धूमपान नियन्त्रणका लागि पछिल्लो समयमा केही संघसंस्था लागेको पाइएको छ तर यतिले मात्रै हुँदैन् ।  हामी सबै मिलेर निम्नानुसारका काम गर्नुपर्छ :

    •  सुर्तीजन्यपदार्थहरु जस्तै चुरोट, विडी, तम्वाखु, खैनी, सुर्ती, पानमसला आदीको आफुले सेवनगरि रहेको छ भने परित्याग गर्नुपर्छ, साथै परिवार र अरुहरुले गरेको छ भने छोड्न लगाउनु पर्छ ।
    • सुर्तीजन्य पदार्थहरुको नियन्त्रण सम्वन्धि कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।
    • सिनेमा,टि.भि, रेडियो वा पत्रपत्रिकावाट दिने विज्ञापनहरुलाई पनि प्रतिवन्ध लगाउन पर्छ ।
    • चुरोटको  वट्टामा ९० प्रतिशत क्यान्सरको फोटो सहित सवैले देख्ने गरेर यसको हानीवारे उल्लेख गर्नुपर्छ ।
    • विद्यालयको पाठ्य पुस्तकमा धुम्रपानको हानीहरुवारे समावेश गरि भावी सन्ततीलाई यसको सेवनवाट जोगाउन पर्दछ ।
    • सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गर्नुपर्छ र गरेमा कानुन अनुसार जरिवाना वा कारवाहि गर्नुपर्छ ।
    • खुलेयाम रुपले धुम्रपानको होर्डिंग वोर्ड वाअन्य विज्ञापनमा वा प्रायोजन गर्न पुर्ण रुपले प्रतिवन्ध लगाउनु पर्छ ।
    • जथाभावी रुपले सुर्तीजन्य पदार्थहरुको विक्रि वितरण गर्न प्रतिवन्ध लगाउने र वालवालिकालाई विक्रि गरेमा कडाई साथ कारवाहि गनुपर्छ ।
    • सुर्तीजन्य पदार्थहरुमा कर वढि गरेर आम नागरिकले किन्न नसक्ने गरेर मंहगो गर्नुपर्छ ।
    • किसानहरुलाई पनि सुर्तीजन्य पदार्थहरुको खेतीभन्दा अरु खेतीगर्न प्रोत्साहन गर्नुपर्छ ।

    # प्रधानाङ्ग बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख हुन् ।


    Facebook Comment


    थप समाचार