मोटोपन नियन्त्रण गर्न अपनाउनुस् यी घरेलु उपाय

mopan1

१. शरीरकको तौल बढी भएर दिक्क हुनुभएको छ भने प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । पानीको सेवनले शरीरमा शक्ति पैदा गर्छ । पानी पिउँदा एकैचोटी धेरै नपिउने र थोरै थोरै धेरै पटक पिउनु पर्छ ।

२. दैनिक रुपमा खाने आलु, भात, पाउरोटी, पापड जस्ता खानेकुराहरु कम खाने गर्नु आवश्यक हुन्छ ।

३. प्रशस्तमात्रामा हरिया सागसब्जीको सूप बनाएर सेवन गर्नु फाइदाजनक हुन्छ ।

४. तौल घटाउनका लागि भनेर खाना खानै भने छाड्नु हुँदैन त्यसले झन् शरीरमा नकारात्मक असर गर्छ । त्यसैले थोरै थोरै धेरै पटक खाना खानु राम्रो हुन्छ ।

५. साँझको खानामा नियमित रुपमा तीन वटा मात्र रोटी खाने गरेमा शरीरको तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

६. त्यसैगरी नियमित रुपमा ब्यायाम गर्नु तथा समय समयमा आरामका साथै दैनिक ६ देखि ७ घण्टा निदाउनु जरुरी हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *