आँखाको वरिपरि देखिने कालो धब्बा कसरी हटाउने ?

- नेपाली हेल्थ

dark carcle

के आँखाको वरिपरि देखिने कालो धब्बाबाट चिन्तित हुनुहुन्छ ? त्यसको समाधानको उपाय खोजिरहनु भएको छ ? तपाईँका लागि यी हुन सक्छन घरेलु उपायहरु :
१. गुलाव जल: कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात डार्क सर्कल हटनसक्छ ।

२. काँक्रो : काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस् । त्यसपछि त्यसलाई आँधा वरिपरि करीब १०/१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात डार्क सर्कल हटनसक्छ ।

३. टमाटर : टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुस । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्नुस् । तपाईँको आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात ‘डार्क सर्कल’ हटनसक्छ ।

४. आलु : आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुस् । त्यसलाई बन्द आँखामाथि १५/२० मिनेटसम्म राख्नु । केही समय पछि सफा पानीले पखाल्नुस् । यसो गर्दा पनि ‘आँखाको वरिपरि देखिने कालो धब्बा अर्थात ‘डार्क सर्कल’ हटनसक्छ ।

५. पुदिना : पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुस् । करिब १०/१५ मिनेट पछि सफा पानीले पखाल्नुस् । यसलेआँखाको ‘डार्क सर्कल’ हटाउन मद्धत गर्छ ।


Facebook Comment


थप समाचार