स्वास्थ्यका कर्मचारीले पाएनन् पदक

mohp

काठमाडौँ १६ जेठ – स्वास्थ्य मन्त्रालयका अप्राविधिक कर्मचारीहरु नवौँ  गणतन्त्र दिवशको अवसरमा राष्ट्रपतिद्धारा प्रदान हुने विभिन्न मानपदवी तथा पदकहरु पाउनबाट बन्चित भएका छन् । यद्धपी विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी गरी १३ जनाले भने विभिन्न पदक पाएका छन् ।

मन्त्रालयका अधिकारीहरुले गतवर्ष भूकम्प जाँदा होस या त्यसपछिको व्यवस्थापनमा अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयका कर्मचारीले उत्कृष्ठ काम गरेको दावी गर्दै आएका थिए । तर सम्मानित र पुरस्कृत हुने बेलामा उनीहरु ओझेल परेका छन् ।

मन्त्रालयका एक अधिकारीले स्वास्थ्यका कर्मचारीले गरेको गरेको योगदानको राज्यले मूल्यांकन नगरेको बताए । उनले भने, ‘भूकम्प देखि पुर्न निर्माणको काममा रात दिन नभनी स्वास्थ्यका कर्मचारी खटिरहे तर एउटा पदक दिइएन यसले स्वास्थ्यका कर्मचारीहरुको मनोवललाई उत्साह थप्ने काम भएन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *