बजेटमा स्वास्थ्य : के के छन कार्यक्रम ? (पूर्ण बजेट बक्तव्य सहित )

budget

  • नागरिकको स्वास्थ्य उपचारमा लागत कम गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थय संस्थाले आयात गर्ने क्यान्सर मुटु र मिर्गौला उपार सम्वन्धी उपकरणमा मूल्य अभिवृद्धी कर पुरै छुट दिई भन्सार महसुल एक प्रतिशतमा लिने व्यवस्था मिलाएको छु । यसका साथै रोग निदानका लागि आवश्यक पर्ने प्रयोगशालाका महत्वपूर्ण उपकरणमा समेत यो छुट सुविधा दिने व्यवस्था मिलाएको छु ।
  • क्यान्सर रोग निदान तथा उपचारका पूर्वको धरान र पश्चिमको नेपालगञ्जबाट उपलव्ध गराउने व्यवस्था गरेको छु ।
  • सरकारी अस्पतालसंग सहकार्य गरी सबै प्रदेशमा निजामती अस्पताल सेवाको विस्तार गरिनेछ ।
  • सरकारी सेवामा रहेका सञ्चयकर्ता कर्मचारीहरुको स्वास्थ्य उपचारमा सहयोग पुरयाउन कर्मचारी सञ्चयकोषबाट बृहत स्वास्थय सुविधा योजना कार्यान्वयन गरिनेछ ।
  • स्वास्थ्य सेवा प्रदायक संस्था वा निकायहरुको सेवाको प्रभाव औषधिको गुणस्तर स्वास्थ्यकर्मीहरुको आचार सहिताको पालना लगायतका कार्यहरुको अनुगमनको लागि सशक्त प्रणालीको विकास गरिनेछ ।
  • सरकारी छात्रबृत्तिमा एमडी एमएस गरेका चिकित्सकहरुले निश्चित अवधीसम्म दुर्गम क्ष्ँोत्रमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिनेछ ।सो कार्यका लागि ४५ करोड रुपैया विनियोजन गरेको छु ।
  • गरीबीका रेखामुनिका नागरिकहरुलाई त्यसक्षेत्रका सरकारी अस्पतालहरुमा क्यान्सर मुटु मिर्गौैला र कलेजोको उपचार निशुल्क गर्ने प्रवन्ध मिलाएको छु ।
  • एक गाँउ एक डाक्टर कार्यक्रमलाई प्रभावकारी बनाउन सोही गाँउका प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई छात्रबृत्तिमा एमबीबीएस पढाउने प्रवन्ध गरिएको छ । उनीहरुले अध्ययन सम्पन्न गरेपछि ५ बर्ष सम्म सोही गाउमा प्रवन्ध गर्नुपर्ने व्यवस्था मिलाएको छु ।
  • तराई मधेश क्षेत्रमा विशेष गरी थारु समुदायमा देखिएको सिकल सेल एनिमियाको पहिचान र उपचारका लागि सेवा विस्तार गरेको छु ।
  • डायलासिस सेवालाई मिर्गौला प्रतयारोपण नगरेसम्म निशुल्क हुने व्यवस्था गरेको छु
  • विपन्न नागरिकलाई आठ प्रकारको रोगहरुको निशुल्क उपचार दिन रु १ अर्व रुपैया विनियोजन गरेको छु
  • महिलाहरुका लागि सुरक्षीत प्रसुति सेवा निशुल्क रुपमा प्रदान गराउन सघन आकस्मिक प्रसुति सेवा र नवजात शिशु सेवालाई ७५ जिल्लामा विस्तार गरिनेछ ।
  • आयुर्वेदिक औषधिको गुणस्तरमा सुधार ल्याउन सिंहदरबार बैद्यखानाको औषधि उत्पादन प्रक्रियामा असल उत्पादन प्रक्रिया जीएमपी अवलम्वन गरिनेछ ।
  • आमा र बच्चाको पोषण सुनिश्चित गर्न सुनौला हजार दिन कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
  • आगामी आर्थिक बर्ष ७ लाख बालबालिकाहरुका लागि ११ प्रकारका खोपहरुका विरुद्ध खोप निशुल्क रुपमा उपलव्ध गराइनेछ ।
  • मदिरा चुरोटको अन्तशुल्क र आयात करमा बृद्धि गरेको छु
  • क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मुल्य अभिबृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र
  • भक्तपुरको सल्लाघारीस्थित तीन कुनेमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला र मिर्गौला उपचार केन्द्र स्थापना गरिनेछ
  • माछा, मासु, दुध ढुवनी गर्ने गाडीमा १ प्रतिशत मात्र कर
  • जनतालाई उपलव्ध गराउने निशुल्क औषधि स्वदेशमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
  • एक प्रदेश एक मेडिकल कलेजको अवधारणा । बर्दिबास, सुर्खेतसहित तीन स्थानमा आगामी आर्थिक वर्षबाट निर्माण थालिने, सबै प्रदेशमा पोलिटेक्निकल इन्स्टीच्युट स्थापना गरिनेछ ।
  • आयुर्वेद चिकित्सा पद्धतिको विकास र प्रवर्धनका लागि विधुषी योगमाया विश्वविद्यालय स्थापनाको कार्यप्रारम्भ गरिनेछ ।
  • कैलालीको गेटामा दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण र सञ्चालनका लागि रु ४८ करोड रुपैया छुट्याएको छु ।
  • महिला स्वास्थ्य स्वयंम सेविकाहरुको पोशाक खर्चमा १५०० बृद्धि र स्वास्थ्य विमा
  • सल्लाघारीमा स्वास्थ्य प्रयोगशाला र मृगौला प्रत्यारोपण केन्द्र
  • सबै नागरिकलाई विशेषज्ञ र अत्याधुनिक सेवा उपलव्ध गराउन बीर अस्पताललाई काठमाडौँ उपत्यकाको उपयुक्त स्थानमा ५०० रोपनी क्षेत्रफलमा जग्गामा सुविधासम्पन्न र अत्याधुनिक रुपमा विकास  र विस्तार गर्ने ।
  • ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गर्ने योजना । पहिलो वर्ष २५ जिल्लामा । २ अर्ब ५० करोड विनियोजन
  • पत्रकारहरुलाई सरकारी अस्पतालमा ५० प्रतिशत छुट
  • सिंहदरबार बैद्यखानालाई कुशल निर्माण प्रक्रियामा अघि बढाइएको छ
  • ८ प्रकारका रोगको नि:शुल्क उपचारका लागि १ अर्ब ।
  • सिकलसेलको उपचारका लागि सेवा विस्तार ।
  • पूर्वको धरान र पश्चिमको नेपालगन्जमा क्यान्सर उपचार केन्द्र बनाउने
  • कर्णालीमा व्यावसायिक रुपमा जडिबुटी खेती गरिने । प्रविधिका लािग उचित बजेट व्यवस्था
  • ११ प्रकारको खोप निशुल्क
  • शिक्षण अस्पतालहरुको सुदृडीकरण तथा सेवा सुविधा विस्तारका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ । सुरेश वाग्ले क्यान्सर उपचार केन्द्रको क्षमता विस्ता र गरिनेछ  । काठमाडौँ विश्व विद्यालय अन्तर्गतको शिक्षण अस्पतालसंग सहकार्य गरी फोक्सो अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरनेछ 
  • मेडिकल कलेजको सहकार्यमा दुर्गम क्षेत्रमा उपचार सेवा विस्तार
  • एक प्रदेश एक मेडिकल कलेज खोलिने । हाल सुर्खेत, बर्दिबास र बुटवलमा मेडिकल कलेज खोलिने
  • मदिरा चुरोटको अन्तशुल्क र आयात करमा बृद्धि गरेको छु

पुरा बजेट हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *