बिपन्न मुटुरोगी धमलाको भयो नि:शुल्क शल्यक्रिया

Dr. Bhattarai with patientकाठमाडौं, १४ जेठ – आर्थिक अभावका कारण गम्भीर मुटुको समस्या लिएर बसेका ओखलढुंगाका कमल धमलाले उपचार पाएका छन् । सेभ द हार्ट, नेपाल कार्डियो लाजिम्पाट र ग्रिनसीटी अस्पतालको संयुक्त सहयोगमा उनको उपचार  भएको हो । मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको टोलीले धमलाको सफल सल्यक्रिया गरेको थियो ।

निशुल्क सल्यक्रिया गरिएको बारे जानकारी दिन शुक्रबार आयोजित कार्यक्रममा बोल्दै डा भट्टराईले गरीव तथा विपन्न बर्गको व्यक्तिका लागि प्राय असम्भव देखिने महंगो उपचार संस्थाका तर्फबाट निशुल्क उपलव्ध गराएको बताए । उनले भने, “उहाँ अत्यन्तै पीडित, गरिव तथा विपन्न वर्गको व्यक्ति, दैनिकी चलाउन ज्यालादारी मजदुरी गर्ने मान्छेलाई यो उपचार असम्भव थियो, यस्तो अवस्थामा हामीले अत्यन्तै सेवा भावका साथ उहाँको निःशुल्क शल्यक्रिया गरेका छौं, यसमा हामीलाई निकै खुशी लागेको छ ।”

धमलाको शल्यक्रियामा डा. भट्टराईको नेतृत्वमा डा. रन्जन सापकोटा, डा. विभुष श्रेष्ठ, डा. आशिष अमात्यको टोलीले गरेको थियो । ओखलढुँगा जिल्लास्थित् कुन्तादेवी गाविस वडा नं २ स्थायी घर भई हाल रोजगारीको सिलसिलामा काठमाडौंमा बस्दै थिए ।

डा. भट्टराईका अनुसार धमलाको जन्मजात मुटुमा प्वाल एवम् पीएपीभिसी अर्थात् फोक्सोबाट मुटुमा आउने नलीहरु उल्टो जोडिने समस्या देखिएको थियो ।  डा. भट्टराईले उक्त रोगको उपचार नेपालमै  पहिलोपटक मिनिमल ईन्भ्याजिव सर्जरी (सानो घाउबाट ओपन हार्ट सर्जरी) मार्फत सम्पन्न गरेको दाबी गरे ।

डा.भट्टराईले आफूहरुले उक्त अभियान सेभ द हार्टको स्थापनासँगै थालनी गरेको उल्लेख गर्दै गरिब, असहाय, विपन्न र दिनदुखीहरुको सेवा गर्न पाउँदा आफूलाई निकै गर्वको महशुस भएको बताए । यसअघि पनि आफूले १६ जना विरामीको निःशुल्क शल्यक्रिया गरिसकेको उनले जानकारी दिए ।

ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले सेभ द हार्ट र ग्रिनसीटिको संयुक्त पहलमा धमलाको सफल शल्यक्रिया भएकोमा खुशी व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *