मसलाको रुपमा प्रयोग हुने जीराका लाभदायी गुण

jira

जीरा भान्सामा मसलाको रुपमा मात्रै प्रयोग गर्दै आएका छौ तर हामीलाई जीराका लाभदायी गुणका बारेमा तथा कुन कुन रोगको औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर थाहा नै नभएको हुनसक्छ ।

त्यसैले आउनुस् हेरौं जीराका के – के लाभदायी गुणहरु रहेछन् :

जीराको धूलो र मिस्रीको धूलो बराबर मिसाएर बिहान र बेलुका १-१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब  सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

जीराको धूलो, धनियाँ गेडाको धूलो र मिस्री बराबर मिसाएर १-१ चम्चा बिहान र बेलुका पानीसँग खानाले अमलपित्त भएकाहरुका लागि लाभदायी हुन्छ ।

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १-१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३-४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

जीरा पानीमा पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा आँखा पोलेमा, बिजाएमा वा रातो भएमा ठीक हुन्छ ।

त्यसैगरी जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३ – ४ पटक खाएमा ज्वरो निको हुन्छ ।

जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले दुखाई कम हुन्छ ।

अण्डकोष बढेमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।

महिलाको सेतोपानी आउने रोगमा जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र  चौलानि पानीसँग १-१ चम्चा बिहान बेलुका खाने गरेमा ठीक हुन्छ ।

छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान र बेलुका खाना खानु अगाडि १- १ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग नीको हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा रुघाखोकीको ज्वरो निको  हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *