ओपिडी सेवा लिने ५ लाख कम, आकस्मिक सेवा लिने २ लाख बढी

bir hospital
फाइल तस्बिर

काठमाडौँ १४ जेठ – चालु आर्थिक बर्षको पहिलो आठ महिनामा अस्पतालको बहिरंग सेवा( ओपिडी) लिन जाने विरामीको संख्या अघिल्लो बर्ष भन्दा भन्दा ५ लाख कम पाइएको छ । अर्थमन्त्रालले विहीबार जारी गरेको चालु आर्थिक बर्षको आर्थिक सर्भेक्षणको प्रतिवेदनमा सो जानकारी दिएको हो ।

स्वास्थ्य सेवा विभागलाई उदृत गर्दै जारी गर्दै प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक बर्षको पहिलो आठ महिनामा कुल ३० लाख ५४ हजार ३४६ जनाले बहिरंग ओपिडी सेवा लिएको जनाइएको छ । जवकी अघिल्लो आर्थिक वर्षको सोही अवधीमा कुल ३५ लाख ६६ हजार ३९६ जनाले ओपिडी सेवा लिएका थिए ।

आकस्मिक सेवा लिनेको संख्या भने गतवर्ष भन्दा यसबर्ष झण्डै दुई लाखले बढी देखिएको छ । प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको पहिलो आठ महिनामा ५ लाख ३३ हजार ७७१ जनाले आकस्मिक सेवा प्राप्त गरेका थिए । जबकी सो संख्या गतवर्ष सोही अवधीमा ३ लाख २७ हजार ८०१ रहेको थियो ।

सर्भेक्षणले गतवर्ष भन्दा यसबर्ष करीब १५ लाख पटक कम ओपिडी सेवा भएको जनाएको छ । गतवर्ष पहिलो आठ महिनामा १ करोड ३ लाख ८० हजार ५ सय ८७ पटक ओपिडी सेवा सञ्चालन भएको थियो भने यसबर्ष सोही अवधीमा ८९ लाख ८ हजार ५सय १० पटक अर्थात १४ लाख ७५ हजार ७७ पटक कम ओपिडी सेवा सञ्चालन भएको ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *