मुटुरोगीलाई सरकारको राहत : २२१ जनाले पाए मुटुको भल्व, २९७ जनाले पीटीएमसी सेवा

heart_valves

काठमाडौँ १४ जेठ – सरकारले आर्थिक बर्ष २०७२ /७३ को दोस्रो चौमासिक सम्म २२१ जनालाई मुटुको भल्व उपलव्ध गराएको छ । त्यस्तै २९७ जनालाई निशुल्क  पीटीएमसी सेवा दिइएको जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७२ ७३ को मन्त्रालयस्तरीय प्रगति विवरण पेश गर्ने क्रममा सो जानकारी दिएका हुन् ।

विवरण अनुसार सरकारले चालु आवमा १५ बर्ष मुनिका ४७२ जना र ७५ बर्ष माथिका ३५५ जनाको मुटुरोगीको निशुल्क उपचार गरिएको जनाएको छ ।

त्यस्तै दुई सय जना गरीब विरामीको निशुल्क रुपमा आँखाको उपचार गरिएको जानकारी गराएको छ । सुदूर तथा मध्य पश्चिमका जिल्लाहरुमा ५० बर्ष माथिका ३ हजार ८ सय जनालाई निशुल्क चस्मा वितरण गरिएको जानकारी दिएको छ । दुर्मम जिल्लाका ३ हजार ५ सय जना मोतिविन्दु लागेका व्यक्तिहरुको शल्यक्रिया गरिएको जानकारी दिएको छ ।

मन्त्री पौडेलले चालु आर्थिक बर्षको दोस्रो चौमासिक सकिदा सम्म विपन्न नागरिक उपचार कोषबाट विभिन्न ९ प्रकारका रोगहरुको उपचारका लागि ५ हजार ४४६ जना नयाँ विरामी तथा २४ हजार ७४ जना पुराना विरामीहरुले सेवा लिएको जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *