हाइड्रोशिलको सल्यक्रिया बीर अस्पतालमा नि:शुल्क !

bir hospital

काठमाडौँ, १३ जेठ – उपत्यकामा हाइड्रोशिल (अण्डकोशमा पानी जम्ने अवस्था) भएका विरामीको नि:शुल्क सल्यक्रिया बीर अस्पतालमा मात्रै हुने भएको छ । यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र सिभिल अस्पताल मीनभवनमा समेत यो सेवा दिइने बताइएको थियो । तर ती दुई अस्पतालले सेवा दिन नभ्याउने बताएका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा तीन सरकारी अस्पतालले सेवा सुरु गर्ने भनेकोमा अहिलेसम्म बीर अस्पतालको मात्रै टुंगो भएको जनाएको छ । महाशाखाका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन तुलसी अधिकारीले काठमाडौँमा रहेका हाइड्रोशिल पिडितको उपचार बीर अस्पतालमा हुने जानकारी दिए ।

बीर अस्पतालका निर्देशक डा स्वयंप्रकाश पण्डितले यसबर्ष पाँच सय हाइड्रोशील पिडीतको उपचार गर्ने लक्ष्य लिएको बताए केही दिन भित्रै सेवा प्रारम्भ हुने जानकारी दिए ।

सरकारले हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल पिडीत व्यक्तिको निशुल्क सल्यक्रिया गर्ने अभियान चलाएको छ । यसबर्ष ६१ जिल्लाका करीब ११ हजार व्यक्तिको निशुल्क सल्यक्रिया गर्ने तयारी भएको हो ।

चिकित्सकहरु हाइड्रोशिलको एउटा सल्यक्रिया गर्न औसत तीस मिनेट लाग्ने बताउछन् । सरकारले सल्यक्रिया गर्ने अस्पताललाई प्रति केश ५ हजार रुपैयाँका दरले रकम उपलव्ध गराउनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *