रिपोर्ट दिएको एघार बर्ष पछि एचआईभी नभएको प्रमाणित भएपछि…

chaineseचीन १३ जेठ – हेनान प्रान्तका एक किसानले चिकित्सकले स्वास्थ्य जाँचका क्रममा आफूलाई एचआईभी एड्स भएको भन्ने गलत रिपोर्ट दिएको भन्दै उपचार केन्द्र विरुद्ध क्षतिपूर्तिको माग गरेका छन् । उनले आफ्नो स्वास्थ्यको गलत रिपोर्ट दिने स्वास्थ्यसंस्था विरुद्ध कम्तीमा ३ लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् ।

एघार बर्ष अघि स्वास्थ्य जाँचका क्रममा चिकित्सकले आफूलाई एचआईभी एड्स संक्रमण भएको रिपोर्ट दिएको भन्दै हेनान प्रान्तका ५३ बर्षीय किसान याङ सौफालेले उपचार केन्द्र विरुद्ध क्षतिपूर्तिको माग गरेका हुन् । सन २००४ मा स्वास्थ्य परीक्षण गर्दा उनलाई चिकित्सकले एचआइभी संक्रमण भएको रिपोर्ट दिएका थिए । तर गतवर्ष परीक्षण गर्दा त्यस्तो कुनै संक्रमण फेला परेन् ।

उनको सन् २००४ मा जेनपिङ काउन्टीमा स्वास्थ्य परीक्षण भएको थियो । त्यस समयमा आफूलाई गलत परीक्षण गरी त्यस्तो रोग देखाइएको भन्दै ती किसान याङ सौफाले आफूलाई क्षतिपूर्ति दिनुपर्ने सो काउन्टीको उपचार केन्द्रसँग माग गरेका हुन् ।

उनले आफूले सो रोग लागेको भनेका कारणले जीवनमा धेरै दुःख पाएको भन्दै उक्त जिल्लाको स्वास्थ्य परीक्षण गर्ने केन्द्रसँग सो माग गरेका हुन् । तर सो केन्द्रका उपनिर्देशक उ जापाङले भने त्यस समयमा कम्तीमा पनि २ लाख ८० हजार नागरिकको स्वास्थ्य परीक्षण गरेकाले एकको रगत अर्कोको कागजमा परेको हुनसक्ने भनेका छन् ।

उनले त्यस समयमा आम रूपमा नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र त्यस समयका सबै परीक्षण रिपोर्टहरू रहेको र परीक्षण गर्ने उपकरणहरू पनि कमसल नरहेको दाबी गरेका छन् । तर ती किसानले भने आफ्नो जीवनमा यस घटनाले ठूलो क्षति पुगेको भन्दै यसका लागि कम्तीमा पनि तीन लाख अमेरिकी डलर बराबरको क्षतिपूर्ति सो केन्द्रले दिनुपर्ने माग गरेका छन् । यसका कारण एड्स उपचार केन्द्रमा आफू जानुपर्ने, बर्सेनि स्वास्थ्य परीक्षण गराउनुपर्ने तथा अरु विभिन्न खालाको तनाव व्यहोर्नुपरेको पनि बताएका छन् ।

उनले सन् २०१२ सम्म नै स्वास्थ्य केन्द्रमा यस्तो उपचार गराउने गरेको तर पछि आएर मात्र आफूलाई यस्तो सङ्क्रमण नै नभएको पाइएको थियो । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *