पन्ध्र असार देखी बाग्लुङमा पनि स्वास्थ्य बीमा सुरु हुँदै

mohp

काठमाडौँ, १२ जेठ – सरकारले कैलाली पछि आगामी १५ असार देखी बाग्लुङमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ । यद्धपी विमितहरुले स्वास्थ्य उपचार सेवा भने आगामी भदौबाट मात्रै पाउनेछन् ।

बीमा सञ्चालन गर्ने निकाय स्वास्थ्य मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बाग्लुङमा सेवा सुरु गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अर्को साता देखी विमितहरुको नाम दर्ता गर्ने दर्ता सहयोगीहरुलाई पुर्नताजगी तालिम दिने र बाँकी रहेका कामहरु अगाडी बढाउने योजनामा रहेको समितिका कार्यक्रम अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०६८ अनुसार बाग्लुङमा ६१ हजार ५२२ घरधुरी रहेको छ । जसमा २ लाख ६८ हजार बढी जनता बसोबास गर्दछन् । यी सबैको नाम दर्ता गर्नका लागि समितिले ६२ जना दर्ता सहयोगी नियुक्ति गरिसकेको छ ।

यस कार्यक्रममा प्रतिपरिबार ( पाँच जना)ले बार्षिक २ हजार ५ सय प्रिमियम बुझाएपछि बार्षिक ५० हजार रुपैयाँ सम्मको उपचार सेवा निशुल्क प्राप्त गर्नसक्नेछन् । पाँच भन्दा बढी सदस्य भएका परिबारले प्रतिव्यक्ति ४२५ रुपैयाँका दरले प्रिमियम थप्नु पर्ने हुन्छ भने सुविधा ५० हजारबाट बढेर ६० हजारमा पुग्छ ।

तीन बर्ष अघि देखी स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भन्दै जिल्ला छुट्याएको सरकारले त्यसको कार्यान्वनय भने यस पटकबाट गर्दैछ । कार्यक्रम सुरु गर्न पहिलो चरणमा इलाम, बाग्लुङ र कैलाली जिल्ला छनौट गरेको थियो । समितिले दुई जिल्लाको सुरुवात पछि मात्रै इलाममा यो सेवा सुरु गर्ने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *