मस्तिकघात (ब्रेनह्यामरेज) के हो ? कसरी जोगिने ?

डा. बसन्त पन्त, बरिष्ठ न्युरो सर्जन , अन्नपूर्ण न्युरो हस्पिटल
डा. बसन्त पन्त, बरिष्ठ न्युरो सर्जन , अन्नपूर्ण न्युरो हस्पिटल

सामान्य अर्थमा मस्तिस्कघात ( ब्रेनह्यामरेज ) भनेको मस्तिस्कको नशा फुटेर रगत बग्नु हो । नशाबाट फुटेको रगत टाउकोमा जमे पछि त्यसले स्नायुप्रणालीको रक्तसञ्चार प्रकृयालाई नै खल्वल्याउछ । त्यहि असरले मानिस ब्रेनह्यामरेज भएको बेलामा व्यक्ति बेहोस हुन्छ ।त्यसको समयमै उद्धार र उपचार हुन सकेन भने मृत्यु वा शरीरको कुनै अंगले काम नगर्ने अवस्था अर्थात प्यारालाइसिस हुन सक्छ ।

ब्रेनह्यामरेजलाई  ब्रेन एट्याक पनि भन्ने गरिन्छ । हर्ट एट्याक जस्तै हो ब्रेन एट्याक पनि । तर हर्ट एट्याक भन्दा बढी खतरा मानिन्छ । नेपालमा ब्रेनह्यामरेज हुनेको संख्या कति छ भन्ने यकिन तथ्याङक भन्न सकिदैन तर प्रमुखकारण व्लडप्रेसर नै हुने भएकोले यसको संख्या बढदो छ भनेर भन्न गाह्रो पर्दैन । मैले काम गर्ने अन्नपूर्ण न्युरो अस्पतालकै तथ्याङक हेदा सातामा ५ देखि ७ जना ब्रेन हयामरेज भएका नयाँ  विरामीहरू आउने गर्छन ।

त्यसो त मेडिकल अनुसन्धानले ब्रेनह्यामरेज भएका मध्ये ५० प्रतिशतको मृत्यु तत्कालै हुने गरेको बताउछ । त्यसैले पनि अस्पतालसम्म उपचारका लागि पु¥याइनेको संख्या ५० प्रतिशत हुनसक्छ ।

brain-stroke-160122

कस्ता व्यक्तिलाई हुन्छ ब्रेनह्यामरेज ?

ब्रेनह्यामरेज ५० देखी ७० वर्ष उमेरका व्यक्तिलाई बढी हुने गरेको पाइन्छ । तर फाट्टफुट्ट रूपमा यसले भर्खरको जवान व्यक्तिलाई पनि आक्रमण गरेको हामीले देखेका छौ ।

प्राय: महिला भन्दा पुरूषहरूमा यसको आक्रमण देखिएको छ । नेपालमा ब्रेनह्यामरेजको प्रमुख कारण व्लडप्रेसरको औषधिको नियमित सेवन नगर्नु नै देखिएको छ ।

नेपालमा प्रेसर बढेको बेलामा मेडिकलबाट औषधि ल्याएर खाने र औषधिले नियन्त्रण गरेपछि छोडिहाल्ने बानी बढी देखिन्छ । यस्तो गर्ने व्यक्तिलाई अतिनै बढी सम्भावना हुन्छ । त्यसैले कि त व्लड प्रेसरको औषधि नखाने यदि खाने नै हो भने नियमित रूपमा सेवन गर्नुपर्छ ।

नेपालमा प्रेसर बढेको बेलामा मेडिकलबाट औषधि ल्याएर खाने र औषधिले नियन्त्रण गरेपछि छोडिहाल्ने बानी बढी देखिन्छ । यस्तो गर्ने व्यक्तिलाई अतिनै बढी सम्भावना हुन्छ । त्यसैले कि त व्लड प्रेसरको औषधि नखाने यदि खाने नै हो भने नियमित रूपमा सेवन गर्नुपर्छ ।

त्यसो त ब्रेन ह्यामरेज पनि हर्ट एट्याक जस्तै बंशाणुगतसंग जोडिन्छ । अर्थात बुवाआमा बाजेबज्यै मा छ भने त्यसको प्रभाव छोरा नातीहरूमा पनि देखिनसक्छ ।

बुबा आमालाई ब्रेनह्यामरेज भएको छ भने छोरा छोरीलाई पनि हुन सक्छ । त्यस्तै प्रेसर तथा डाइविटिजका विरामीलाई पनि यसको सम्भावना बढी हुन्छ । त्यसबाहेक धुम्रपान तथा मध्यपानका पारखीहरू, शारीरिक व्यायम नगर्ने, उच्च कोलेस्टेरोल भएका व्यक्ति, तनाव बढी लिने व्यक्तिहरूमा ब्रेन ह्यामरेजको सम्भावना बढी हुन्छ । त्यसैले यी कुराहरूमा सधै ध्यान दिनुपर्छ ।

ब्रेनह्यामरेज भएपछि केमा ध्यान पु¥याउनुपर्छ ?

यो अचानक हुने रोग हो । हर्ट एट्याक हुँदा बरू पहिला केही संकेतहरु देखिन सक्छ तर ब्रेनह्यामरेजमा यस्ता कुनै लक्षण देखिदैन । मान्छे एक्कासी अचेत भई ढल्छ । अनि मात्रै थाह हुन्छ ।

ढलि सकेपछि यसको घरेलु उपचार छैन । जतिसक्यो छिटो सुरक्षित रूपमा अस्पताल पु¥याउनु बुद्धिमानी हुन्छ । तर अस्पताल पु¥याउदा उसको रक्तसञ्चार प्रकृया र स्वासप्रस्वासको अवस्था कस्तो छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

एम्वुलेन्समा अस्पताल लैजादा विरामीलाई अक्सिजन दिन भुल्नु हुदैन । हामीकहाँ ब्रेन ह्यामेज हुनासाथ विना अक्सिजन क्रिटिकल अवस्थामा अस्पताल ल्याउदा धेरै विरामीको बाटोमै मृत्यु हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *