भूकम्पले अवरुद्ध प्रसूतिगृहको ‘टेष्टट्युव बेबी’ सेवा डेढ महिना भित्र सञ्चालनमा आउने

Ivf-Nepalकाठमाडौँ, ९ जेठ – गतवर्ष बैशाखमा आएको विनाशकारी भूकम्प पछि रोकिएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको टेष्टट्युव बेबी (आइभिएफ) सेवा डेढ महिना पछि सञ्चालनमा आउने भएको छ । त्यसका लागि अस्पतालले पुरानो पुरानो ओपिडी भवनमा नयाँ आईभीएफ ल्याव बनाउदैछ ।

अस्पतालका निर्देशक डा जागेश्वर गौतमले नयाँ स्थानमा ल्याव निर्माण गर्ने कार्य भइरहेको बताउँदै अबको डेढ महिना पछि सेवा सुरु गर्ने लक्ष्य रहेको बताए ।

उनले अस्पतालकै खर्चमा केही चिकित्सक तथा नर्सलाई आइभीएफ सेवाका सञ्चालनको तालिम लिन भारत पठाएको र उनीहरु तालिम लिएर फर्किसकेको बताए । ‘पहिले भारतबाट केही चिकित्सक झिकाएर सेवा दिइएको थियो तर अव सबै काम नेपालकै चिकित्सकले गर्नेछन् । त्यसका लागि अस्पतालले आफ्नै खर्चमा ४ जना चिकित्सक तथा नर्सलाई भारतको सर गंगाराम हस्पिटलमा तालिमका लागि पठाएको थियो । उहाँहरु तालिम सकेर आइसक्नु भएको छ । अब ल्याव पुरा भएपछि सुरु हुन्छ,’ उनले भने ।

भूकम्प जानु अघि प्रसूतीगृह अस्पतालबाट १८ जनाले आइभीएफ पद्धतीबाट सन्तान जन्माएका थिए । निजी अस्पतालले करीब ६ लाख रुपैयामा यो सेवा दिदै गर्दा प्रसुतिगृहले एक लाख ६० हजार रुपैयामा नै यो सेवा उपलव्ध गराएको थियो । तर भूकम्पले भवन चर्केपछि यो सेवा अवरुद्ध भएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *