के होला यस्तो ? शरीरको छालामरेर निस्केको धुलो दुई बाल्टिन !

banosएजेन्सी – एक युवतीको शरीरको छालाबाट निस्केको धुलो जम्मा गर्दा सात महिनामा दुईवटा जार भरिएको छ । २७ बर्षकी ब्रियना बानोसको अनुहार टाउको तथा शरीरका अंगबाट छाला मरेर निस्कने धुलोले दुईजार भरिएको छ ।

उनले चिकित्सकको गलत उपचारले यस्तो समस्या भएको दावि गरेकी छन् । उनी भन्छिन्, ‘मलाई स्टेरोइड क्रिम लगाउन भनियो जसले समस्या निको हुनु भन्दा झनै बल्झायो ।’

बानोसले अनुहार तथा शरीरका विभिन्न अंगबाट निस्कने धुलो भ्याकुमको सहायताले एक ठाँउमा थुपार्छिन । त्यसरी थुपारेको धुलो सात महिनाको अवधीमा दुईवटा जार भरिने गरी भएको बताइन ।

इक्वेजेमा नामक छालाको समस्याबाट पिडित ब्रिनियालाई लगभग तीन वर्षसम्म स्टेरोइड क्रिमप्रयोग गर्ने सुझाव डाक्टरहरुले दिएका थिए । सुझावअनुसार उनले स्टोरोइड क्रिमप्रयो गर्न थालिन् तर एक दिन स्टोरोइड गर्न बिर्सिदा उनको छालाबाट धूलो आएजस्तो भयो । उनलाई शंका लागेर स्टोरोइड क्रिम प्रयोग बन्द गरिन् । तर छालाबाट मृत धूलो पैदा हुने क्रम झन् बढन् थाल्यो ।

banos2

उनले दैनिक आफ्नो कपडा, ओछ्यानबाट मृत छालाको धूलो टक टक्याउन पर्ने अवस्था आयो । कपाल खस्ने समस्या पनि देखिन थालेपछि टाउको पनि मुडुलो पार्न बिबश भइन् ।

यही क्रममा करीव सात महिनामा उनले आफ्नो छालाको धूलो दुई जार संकलन गरिन् । करीव एक वर्ष सम्म उनी कोठाबाट बाहिर निस्कने सक्ने अवस्थामा थिइनन् । हिड्दा चल्दा अथवा केही काम गर्दा समेत छाला खुइलिएकी धूलो निस्कने गथ्र्यो ।

परीक्षण गर्दा यो बै पछाडिको कारण स्टेरोइड क्रिम हो भन्ने देखियो । उनको छालाको समस्या हटाउन स्टेरोइड क्रिम प्रयोग गरियो तर यो क्रिम प्रयोग गर्न बन्द गर्दा छालाले प्रतिक्रियामा जनाई यस्तो समस्या आएको पुष्टि भयो । स्टेरोइड क्रिमको यहि प्रतिक्रियाको खतराको बारेमा जनचेतना जगाउन उनले मृत छालाको धूलो संकलन गरेको बताईन् ।

करीव एक वर्षपछि अहिले आएर उनको यो समस्या आफै बिस्तारै ठिक हुँदै गएको छ । पुरै छाला खुइलिने समस्या अहिले शरीरका केहीभागमा मात्र सिमित भएको छ । र उनी अहिले आफ्नो दैनिक क्रियाकलापमा भागलिन सक्ने भएकी छिन् ।

banos4

banos1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *