डब्लुएचओको साधारण सभामा भागलिन को-को जाँदैछन जेनेभा ?

WHOकाठमाडौँ, ८ जेठ – स्वीजरल्याण्डको जेनेभामा आगामी सोमबारबाट शनिबारसम्म चल्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ६९ औँ महासभा ( बल्र्डहेल्थ एसेम्ली)मा भाग लिन स्वास्थ्य मन्त्री रामजनम चौधरीले ८ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आज जेनेभा प्रस्थान गर्दैछन् ।

टोलीमा एक जना निजी क्षेत्रका उद्यमी बाहेक सबै सरकारी कर्मचारी छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्री चौधरीसंग जेनेभा जाने टोलीमा प्रमुख विशेषज्ञद्धय डा. पदमबहादुर चन्द र डा. किरण रेग्मी छन् । डा. चन्द गतसाता नै जेनेभा पुगिसकेका छन् ।

यसबाहेक मन्त्रालयका नीति योजना तथा बैदेशिक सहयोग महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, मानव संसाधन महाशाखा प्रमुख रामशरण चिमोरिया, राष्ट्रिय क्षयरोग केन्द्रका प्रमुख विकास लामिछानेले पनि जेनेभा जाने टोलीमा परेका छन् । त्यस्तै मन्त्री चौधरीका प्रमुख स्वकीय सचिव रामनरेश चौधरीले पनि जेनेभाका लागि टिकट पाएका छन् ।

यी बाहेक निजी अस्पताल सञ्चालकहरुको संस्था अपिनका अध्यक्ष समेत रहेका नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक बसन्त चौधरी पनि साधारणसभामा भागलिन जेनेभा जाँदैछन् । मन्त्रालय स्रोतले अपिन अध्यक्ष चौधरी निजी खर्चमै जेनेभा जान लागेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *