स्वास्थ्यमा सरुवा : सूचना केन्द्रका निर्देशक सुनीलराज शर्मा स्वास्थ्य तालिम केन्द्र पथलैयामा
काठमाडौँ, ७ जेठ- राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पथलैयामा सरुवा भएका छन् ।
यसअघि उनी पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा सरुवा भएको बताइएको थियो । तर शुक्रबार मन्त्रालयले पथलैया सरुवा भएको पत्र तयार गरेको छ ।
बिहिबार स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय मार्फत केन्द्रको निर्देशकको जिम्मेबारी प्रमुख स्वास्थ्य सेवा प्रशासक बद्रीबहादुर खड्कालाई दिने निर्णय गरेको थियो ।
निर्देशक खड्काले बिहीबार नै पत्र बुझेका छन् । तर शुक्रबार बनाएको पत्र शर्माले भने बुझिसकेका छैनन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]