स्वास्थ्यमा सरुवा : सूचना केन्द्रका निर्देशक सुनीलराज शर्मा स्वास्थ्य तालिम केन्द्र पथलैयामा

sunil raj sharma
सुनीलराज शर्मा

काठमाडौँ, ७ जेठ- राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा  मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र पथलैयामा सरुवा भएका छन् ।

यसअघि उनी पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा सरुवा भएको बताइएको थियो । तर शुक्रबार मन्त्रालयले पथलैया सरुवा भएको पत्र तयार गरेको छ ।

बिहिबार स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय मार्फत केन्द्रको निर्देशकको जिम्मेबारी प्रमुख स्वास्थ्य सेवा प्रशासक बद्रीबहादुर खड्कालाई दिने निर्णय गरेको थियो ।

निर्देशक खड्काले बिहीबार नै पत्र बुझेका छन् । तर शुक्रबार बनाएको पत्र शर्माले भने बुझिसकेका छैनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *