भूकम्पपछि काभ्रेमा आत्महत्या गर्ने बढे

बनेपा, ७ जेठ aatmahatya–  भूकम्पपछि काभ्रेपलाञ्चोकमा आत्महत्या गर्नेको सङ्ख्या बढेको छ । घरेलु हिंसा, आर्थिक तथा मानसिक समस्या, घरायसी झैँझगडा, गरिबी र अशिक्षाका कारण धेरैले आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धालले देखाएको छ ।

“घरेलु मदिरा सेवन गरेर महिलामाथि हिंसा हुने गरेको र प्रहरीमा उजुरी दिन आउँदा समाजका केही व्यक्तिले मिल्न दबाब दिने गरेको पाइएको छ”  जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

प्रहरीले दिएको तथ्याङ्कअनुसार जिल्लामा आव २०७०/७१ मा ९५ जनाले, आव २०७१/७२ मा १०४ र आव २०७२/७३ मा ७१ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गरेकामध्ये अधिकांशले झुन्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन् भने केहीले हाम फालेर, करेन्ट लगाएर, डुबेर पनि आत्महत्या गर्ने गरेका छन् ।

“आत्महत्या रोक्न परामर्श र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ” – प्रहरी उपरीक्षक बाँस्तोलाले भने ।तर जिल्लामा जबर्जस्ती करणी (बलात्कार)का घटना तीन आर्थिक वर्षमा घटेको देखिएको छ ।

आव २०७०/७१ मा २२, आव २०७१/७२ मा १७ र आव २०७२/७३ मा १४ वटा जबर्जस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।त्यस्तै जबर्जस्ती करणी उद्योगमा आव २०७०/७१ मा नौ, आव २०७१/७२ मा १५ र आव २०७२/७३ मा नौवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *